
१चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
२नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
३आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
७डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
८ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
९पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१०डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
११पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
१२विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
७‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
८‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
काठमाडौँ । सडी समाज काठमाडौँले समाज, राष्ट्र र सुडी समुदायको विकास तथा उन्नयनका लागि महत्वपूर्ण योगदान पु¥याएबापत विभिन्न व्यक्तिलाई सम्मान गरेको छ ।
सम्मानित हुनेमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा आरपी बिच्छा, प्रदेश नीति तथा योजना आयोग, प्रदेश नं २ का सदस्य बैजनाथ महतो, विभूषण समितिका सदस्य इन्जिनियर ओमप्रकाश महतो, अन्तर्राष्ट्रिय योग प्रशिक्षक श्रीमती शान्ति महतो र सिंहदरबार वैद्यखाना विकास समितिका निमित्त कार्यकारी निर्देशक डा सबरी साह हुन् ।
सुडी समाज काठमाडौँद्वारा आज आयोजित दसैँ, तिहार र छठपर्वको शुभकामना आदानप्रदान, छलफल तथा सम्मान कार्यक्रममा उनिहरुलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता एवम् पूर्वउपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतो, नेपाली जनता दलका राष्ट्रिय अध्यक्ष हरिचरण साह र समाजका अध्यक्ष डा अशोक महासेठले सम्मानपत्रद्वारा सम्मान गरेका हुन् ।
सो अवसरमा नेता महतोले मानिसले सकारात्मक सोचका साथ गर्ने असल कामबाट सफलता प्राप्त हुने उल्लेख गर्दै मानव र समाजसेवाबाट मात्र आत्मसन्तुष्टि हुने बताए । सामाजिक सङ्घसंस्थाले समाजको रुपान्तरणका लागि कार्य गर्नुपर्ने बताउँदै उनले समाजमा देखिएको विकृति–विसङ्गतिको न्यूनीकरण गरी सबल, सक्षम र सुदृढ समाज निर्माणका लागि अग्रसर हुन सबैलाई आग्रह गरे ।
अध्यक्ष साहले सबै नीतिको मूल नीति राजनीति हो भन्दै नेपाली जनता र राष्ट्रको विकासका लागि आफू राजनीतिमा लागेको बताए । उनले समतामूलक समाज र समाजिक न्याय स्थापनाका लागि सामाजिक सङ्घसंस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याए ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा बिच्छाले कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेकाले दसैँ मनाउँदा स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालन गर्न सबैसँग आग्रह गरे।
प्रदेश नीति तथा योजना आयोग, प्रदेश नं २ का सदस्य महतो, विभूषण समितिका सदस्य इन्जिनियर महतो, अन्तर्राष्ट्रिय योग प्रशिक्षक श्रीमती महतो लगायतले दिगो शान्तिविना समाज र मुलुकले विकास र समृद्धि हासिल गर्न नसक्ने भएकाले हिंसालाई निर्मूल गर्नेतर्फ सरकार, राजनीतिक दल, सामाजिक सङ्घसंस्थाले अग्रसर हुनुपर्नेमा जोड दिए ।
समाजका अध्यक्ष डा अशोक महासेठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा समाजका उपाध्यक्षद्वय इन्जिनियर उमाशङ्कर साह र डा आरपी चौधरी, महासचिव शीतलप्रसाद महतो कोषाध्यक्ष श्रीराम पूर्वेलगायतका वक्ताहरुले सांस्कृतिक एवं सामाजिक विविधता हाम्रो देशको मौलिक पहिचान हो ।
यही विविधताबीचको एकताले नै नेपाली राष्ट्रियतालाई सबल र सुदृढ बनाएको छ भन्दै समाजका सबै सदस्यहरुबीच आपसी एकता, मित्रता, सहयोग र सद्भाव अभिवृद्धि गरी समृद्ध समाज निर्माण गर्न मद्दत पुगोस् भन्ने कामना गरे ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’