
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
६उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
९रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
१०रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
११गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
१२फिर्केपछि पृथ्वीचोकका अनधिकृत संरचनामा चल्यो डोजर
काठमाडाैं । नेपला कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आफ्नो पार्टी नेकपासँग लड्ने कि देशमाथि हस्तक्षेप गर्ने बाह्य शक्तिसंग लड्ने हो ? भन्दै प्रधानमन्त्री शेर बहादुर देऊवालाई प्रश्न गरेका छन् ।
पार्टीनिकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको उद्घाटन सत्रलाई बनेपामा सम्बोधन गर्दै महासचिव विप्लवले यस्तो प्रश्न गरेका हुन् । तीन बुँदे सहमति लागु गर्नुको साँटो झन् उल्टै नेता कार्यकर्ताहरु गिरफ्तार गरिएको भन्दै उनले आपत्ति जनाए ।
राज्यले सहमति पालना नगरेका कारण आफ्ना नेता कार्यकताहरुले जेल बस्नु परेको भन्दै उनले प्रधानमन्त्री देउवाले सबैलाई तत्काल छोड्नुपर्ने बताए । साथै स्वाधीनताको रक्षाका लागि जनतासँग उभिने पार्टीसँग लड्ने कि देशमाथि हस्तक्षेप गर्न खोज्ने बिदेसी दलालहरुसंग लड्ने ? भन्दै प्रश्न गरे । ‘शेरबहादुर देउवाजीले यो कुरा राम्रोसंग बुझ्नु पर्छ- नेकपाका कार्यकर्तासंग लड्ने हो कि सिमानामा एसएसबीसँग लड्ने हो तपाई ?’ उनले सोधे- ‘महाकाली नदीमा तुइन काट्ने बिदेसीसँग लड्ने हो कि तपाई नेपाल देशको लागि लड्छु भन्ने पार्टीसंग लड्ने हो ?
महासचिव विप्लवले सहमति पालना नगरेर त्यतिक्कै गलाउन र लतार्न खोज्न चाहेको भए त्यस्तो दिवासपना नदेख्न सरकार पक्षलाई चेतावनी दिएका छन् । आफुहरुले तीनबुँदे सहमति इमान्दारिताका साथ लागु गरेको तर केपी ओलीलाई पनि लागु गर्न अनुरोध गरेको स्मरण गर्दै उनले भने -‘तर केपीजीले छल्नुभयो । झुक्याउनु खोज्नुभयो ।’
नेकपा जनतामा स्थापित भएर आउने डरले ओलीले सहमति कार्यान्यवन नगरेको विप्लवको दावी छ । ‘तीन बुँदे सबै लागु गरेर यिनका सबै नेता कार्यकर्तालाई छोडिदिने हो भने मुद्दा खारेज गरिदिने हो भने यिनीहरु जनतामा पुग्छन, पुरै जनतामा स्थापित हुन्छन र सबैलाई परास्त गर्दै आउछन भन्ने सायद उहाँलाई भ्रम पर्यो ।’ उनले अगाडी थपे- ‘त्यसैले उहाँले त्यो सहमतिलाई लागु गर्न सक्नु भएन ।’
जयसिंह धामीजस्ता यूवाहरुलाई सिमानामा मार्न पाइदैन भन्नु किमार्थ गलत नहुने उनको भनाइ छ । उनले जनतालाई सोधे- ‘जयसिंहको रक्षा गर्नुपर्छ, नेपाली भूमि दार्चुला, कन्चनपुर्, धनुषा, झापा, माने भन्ज्यांङ र सुस्ताको रक्षा गर्नुपर्छ भन्ने मान्छे देशको बिरुद्धमा हुन्छ कि कुर्सीको लागि विदेसी मालिकको अगाडी देश बेचेर खाने आजका सत्तासिनहरु ? को हुन्छ देशको बिरुद्धमा ?’
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग