
१चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
२नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
३आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
७डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
८ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
९पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१०डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
११पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
१२विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
७‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
८‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
काठमाडाैं । नेपला कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आफ्नो पार्टी नेकपासँग लड्ने कि देशमाथि हस्तक्षेप गर्ने बाह्य शक्तिसंग लड्ने हो ? भन्दै प्रधानमन्त्री शेर बहादुर देऊवालाई प्रश्न गरेका छन् ।
पार्टीनिकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको उद्घाटन सत्रलाई बनेपामा सम्बोधन गर्दै महासचिव विप्लवले यस्तो प्रश्न गरेका हुन् । तीन बुँदे सहमति लागु गर्नुको साँटो झन् उल्टै नेता कार्यकर्ताहरु गिरफ्तार गरिएको भन्दै उनले आपत्ति जनाए ।
राज्यले सहमति पालना नगरेका कारण आफ्ना नेता कार्यकताहरुले जेल बस्नु परेको भन्दै उनले प्रधानमन्त्री देउवाले सबैलाई तत्काल छोड्नुपर्ने बताए । साथै स्वाधीनताको रक्षाका लागि जनतासँग उभिने पार्टीसँग लड्ने कि देशमाथि हस्तक्षेप गर्न खोज्ने बिदेसी दलालहरुसंग लड्ने ? भन्दै प्रश्न गरे । ‘शेरबहादुर देउवाजीले यो कुरा राम्रोसंग बुझ्नु पर्छ- नेकपाका कार्यकर्तासंग लड्ने हो कि सिमानामा एसएसबीसँग लड्ने हो तपाई ?’ उनले सोधे- ‘महाकाली नदीमा तुइन काट्ने बिदेसीसँग लड्ने हो कि तपाई नेपाल देशको लागि लड्छु भन्ने पार्टीसंग लड्ने हो ?
महासचिव विप्लवले सहमति पालना नगरेर त्यतिक्कै गलाउन र लतार्न खोज्न चाहेको भए त्यस्तो दिवासपना नदेख्न सरकार पक्षलाई चेतावनी दिएका छन् । आफुहरुले तीनबुँदे सहमति इमान्दारिताका साथ लागु गरेको तर केपी ओलीलाई पनि लागु गर्न अनुरोध गरेको स्मरण गर्दै उनले भने -‘तर केपीजीले छल्नुभयो । झुक्याउनु खोज्नुभयो ।’
नेकपा जनतामा स्थापित भएर आउने डरले ओलीले सहमति कार्यान्यवन नगरेको विप्लवको दावी छ । ‘तीन बुँदे सबै लागु गरेर यिनका सबै नेता कार्यकर्तालाई छोडिदिने हो भने मुद्दा खारेज गरिदिने हो भने यिनीहरु जनतामा पुग्छन, पुरै जनतामा स्थापित हुन्छन र सबैलाई परास्त गर्दै आउछन भन्ने सायद उहाँलाई भ्रम पर्यो ।’ उनले अगाडी थपे- ‘त्यसैले उहाँले त्यो सहमतिलाई लागु गर्न सक्नु भएन ।’
जयसिंह धामीजस्ता यूवाहरुलाई सिमानामा मार्न पाइदैन भन्नु किमार्थ गलत नहुने उनको भनाइ छ । उनले जनतालाई सोधे- ‘जयसिंहको रक्षा गर्नुपर्छ, नेपाली भूमि दार्चुला, कन्चनपुर्, धनुषा, झापा, माने भन्ज्यांङ र सुस्ताको रक्षा गर्नुपर्छ भन्ने मान्छे देशको बिरुद्धमा हुन्छ कि कुर्सीको लागि विदेसी मालिकको अगाडी देश बेचेर खाने आजका सत्तासिनहरु ? को हुन्छ देशको बिरुद्धमा ?’
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’