News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार स्वास्थ्य

अब कुकुर पाल्दा पनि महानगरपालिकामा दर्ता गर्नुपर्ने

पोखरा, ८ असोज । आजदेखि पोखरामा कुकुर पाल्नेहरुले महानगरपालिकासँग अनुमतिपत्र लिनु पर्ने र दर्ता गर्नुपर्ने भएको छ । आजदेखि पोखरा वडा नं. ८ बाट अनुमतिपत्र वितरण गर्दै महानगरपालिकाले दर्ता प्रक्रिया शुरु गरेको छ ।

पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले कुकुर दर्ता गर्नाले सडकमा छाडा कुकुरको संख्यामा कमी हुने र सार्वजनिक रुपमा छोडे कारवाही गर्न सजिलो हुने बताईन् । महानगरपालिकाले कुकुरको दर्ता प्रक्रियासँगै ट्याग (चिन्ह) पनि दिनेछ । जसले गर्दा कुकुरधनी सजिलैसँग पहिचान गर्न सकिने उपमेयर गुरुङको विश्वास छ ।

कुकुर पाल्ने, तर पछि छाडा छाड्ने तथा सार्वजनिक ठाउँमैं दिसापिसाब गराउँदै हिँड्दा वातावरणमा असर परेको गुनासो आएपछि महानगरपालिकाले दर्ता प्रक्रिया सुरु गरेको दावी गरेको छ । साथै कुकुर दर्ता प्रक्रियाले रेबिजविरुद्धको खोप कार्यक्रमलाई पनि सहयोग पुग्ने विश्वास महानगरपालिकाले लिएको छ ।

महानगरपालिकामा दर्ता गरिएका कुकुरको विवरण अद्यावधिक गर्ने र नियमित निगरानीमा राख्ने काम पशु महाशाखाले गर्ने भएको छ । पोखरा महानगरपालिकाले कुकुर सडकमा छाडा छोड्ने धनीलाई ५ देखि १५ हजारसम्म जरिवाना पनि गर्दै आएको छ ।

डनन्यूज ट्रेन्डिङ