
१सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
४आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
५पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
६गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
९फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१०कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
११गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
६सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
७रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रसुवा बाढी : ७८१ जनाको शव भेटियो
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
शरद् शर्मा
काठमाडौँ, ८ असोज । नेतृत्व चयनका लागि प्रमुख विद्यार्थी सङ्गठनहरू राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेका छन् । अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), नेत्रविक्रम चन्द निकट अनेरास्ववियु (क्रान्तिकारी) र नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले नयाँ नेतृत्व चयन गर्न लागेका हुन् ।
अनेरास्ववियुले आगामी चैत २२ देखि २४ गतेसम्म २३औँ राष्ट्रिय महाधिवेशन गर्न लागेको छ भने अनेरास्ववियु (क्रान्तिकारी)ले यही असोज १४ देखि १६ गतेसम्म २२औँ राष्ट्रिय सम्मेलन गर्ने तयारीमा छ । नेविसङ्घले पनि छिटै ११औँ महाधिवेशनका लागि मिति तोक्न लागेको छ । चन्द निकट अखिल (क्रान्तिकारी)को नयाँ नेतृत्व चयनका लागि यही असोज ६ गतेदेखि २२औँ राष्ट्रिय सम्मेलन चलिरहेको छ । पोखरामा चलिरहेको सम्मेलनले आजै नयाँ नेतृत्व चयन गर्ने अध्यक्ष चिरञ्जीवी ढकालले जानकारी दिनुभयो ।
अनेरास्ववियुको गत भदौ २ गते सम्पन्न केन्द्रीय सचिवालय बैठकले आगामी चैत २२ देखि २४ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो ।सुनिता बरालको नेतृत्वमा सङ्गठनलाई पुनःगठन गर्दै महाविधेशन जाने निर्णय गरिको र उहाँले महाविधेशन शैक्षिक मुद्दामा केन्द्रित हुने जानकारी दिनुभयो । महाविधेशनका लागि मङ्सिरभित्रै सबै तहको अधिवेशन सक्ने जनाइएको छ ।
यस्तै क्रान्तिकारीले आसन्न राष्ट्रिय सम्मेलनका लागि तयारी तीव्र बनाएको छ । यसका लागि अहिले जिल्ला र प्रदेश तहको अधिवेशन भइरहेको जनाइएको छ । कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा हुने सम्मेलनमा ८९९ प्रतिनिधि सहभागी हुने र बन्दसत्र भने कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसमा गर्ने बताइएको छ । यसअघि भदौ २६ मा भएको क्रान्तिकारीको विधान सम्मेलनले २३ पदाधिकारीसहित १९९ केन्द्रीय समिति बनाउने निर्णय गरेको थियो । उपाध्यक्ष सुरेन्द्र बस्नेतले यसपटकको सम्मेलनले सहमतिका आधारमा नेतृत्व चयन गर्ने बताउनुभयो ।
यस्तै नेविसङ्घका महामन्त्री बलदेव तिमिल्सेनाले नेपाली कांग्रेसको महाधिवेशन लगत्तै ११औँ राष्ट्रिय महाधिवेशन गर्ने जानकारी दिनुभयो । उहाँले महाधिवेशनका लागि राजनीतिक र साङ्गठनिक प्रतिवेदन तयार पार्नाका साथै सदस्यता वितरणको कार्य भइरहेको बताउनुभयो । “हामी महाविधेशनको तयारीमा जुटेका थियौँ तर पार्टीको महाधिवेशनका कारणले हाम्रो महाधिवेशन अलि ढिला हुने भयो”, उहाँले भन्नुभयो, “पार्टीको महाधिवेशन भएको एक महिनाभित्र हामी पनि महाधिवेशन गर्नेछौँ ।”
यस्तै नेकपा (एकीकृत समाजवादी)को भ्रातृसङ्गठन अनेरास्ववियूको भर्खरै सम्पन्न राष्ट्रिय भेलाले सुदेश पराजुलीको अध्यक्षतामा केन्द्रीय कमिटी गठन गरेको छ । अध्यक्ष पराजुलीले अब दुई वर्षपछि मात्र नयाँ नेतृत्वका लागि भेला गरिने जानकारी दिनुभयो ।
समयमै हुँदैन महाविधेशन
सबै विद्यार्थी सङ्गठनका समयमै नयाँ नेतृत्व चयनका लागि महाधिवेशन हुन सकेको छैन । कोरोना भाइरसको सङ्क्रमण र पार्टीको आन्तरिक विवादका कारण महाविधेशन समयमा गर्न नसकिएको हो । प्रत्येक दुई÷दुई वर्षमा हुने महाधिवेशन पार्टीको हस्तक्षेपका कारण पनि रोकिँदै आएको छ ।
विसं २०७२ मा अखिलको २२औँ महाधिवेशनले नविना लामालाई अध्यक्षमा निर्वाचित गरेकामा अहिले छ वर्षपछि मात्र २३औँ महाधिवेशनका लागि मिति तोकिएको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता भएपछि नेकपाको विद्यार्थी सङ्गठन अखिलको संयोजक ऐन महरलाई बनाइएको थियो । पछि एमाले र माओवादी केन्द्र अलग भएपछि एमाले निकट अखिलका महर नै अध्यक्ष हुनुभएको छ। गत भदौ २ गते भएको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय कमिटीलाई पुनःगठन गर्दै बरालको अध्यक्षतामा ४६५ सदस्यीय महाधिवेशन आयोजक कमिटी बनाएको छ ।
यस्तै २०७४ सालमा २१औँ सम्मेलन गरेको क्रान्तिकारीले चार वर्षपछि २२औँ राष्ट्रिय सम्मेलन गर्दैछ । प्रत्येक दुई÷दुई वर्षमा हुनुपर्ने सम्मेलन पार्टीको आन्तरिक किचलोका कारण चार वर्षमा हुन लागेको हो । यस्तै नेविसङ्घको २०७२ सालमा १०औँ महाधिवेशन भएकामा छ वर्षपछि अहिले ११औँ महाधिवेशनको तयारीमा जुटेको छ । समयमै महाधिवेशन हुन नसकेपछि २०७६ माघमा अध्यक्ष नैनसिंह महरले राजीनामा दिनुभएको थियो । “समयमै महाधिवेशन गर्न नसकेपछि मैले पार्टीमा राजीनामा बुझाएको हुँ”, उहाँले भन्नुभयो, “तर राजीनामा बुझाएको दुई वर्ष पुग्न लाग्दा पनि महाविधेशन हुन नसक्नु दुःखद् हो ।”
उहाँले राजीनामा दिइसकेपछि नेपाली कांग्रेसले महाविधेशन गर्न राजीव ढुङ्गानाको नेतृत्वमा ११ सदस्यीय पदाधिकारी बनाए पनि कोरोना भाइरसका कारण महाविधेशन अझैसम्म हुन सकेको छैन ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा