
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
५सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
६रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
९डुलुवाको अध्यक्षमा योगेश भट्टराई
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
तनहुँ । झिलिङ्गा बेचेर यहाँको एक दम्पती मनग्य आम्दानी गर्न सफल भएको छ । लामो समयदेखि दमौलीमा होटल व्यवसाय गर्दै आएका जिल्लाको व्यास नगरपालिका–३ देउरालीनगरका तारादेवी र विष्णुकुमार श्रेष्ठ दम्पती झिलिङ्गा बेचेर अहिले राम्रो आम्दानी गर्न सफल भएका हो । अहिले यो व्यवसायबाट सबै खर्च कटाएर दैनिक रु एक हजार बचत हुने गरेको तारादेवीले बताउनुभयो ।
कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लामो बन्दाबन्दीका कारण होटल बन्द भएपछि सो दम्पतीले झिलिङ्गा व्यवसाय शुरु गरेको हो । होटल बन्द भएपछि भाडा दिन पनि ऋण खोज्नुपर्ने अवस्था आएपछि सो व्यवसाय छाडेर झिलिङ्गा व्यवसाय शुरु गरिएको उहाँले बताउनुभयो ।
“माइजु केशीमाया श्रेष्ठबाट झिलिङ्गा बनाउन सिकेर गत असोज १६ गतेदेखि यो व्यवसाय शुरु गरेको छु”, तारादेवीले भन्नुभयो, “दैनिक रु तीन हजार बढीको झिलिङ्गा बिक्री हुँदा रु एक हजार मुनाफा हुने गरेको छ ।” उहाँका अनुसार बिक्रीको कुनै समस्या छैन । झिलिङ्गा घरबाटै ग्राहकले लैजाने गरेका छन् । चाडपर्वको समय भएकाले हाल झिलिङ्गाको माग अत्यधिक भइरहेको तारादेवीको भनाइ छ ।
होटल बन्द भएपछि त्यतिकै बेरोजगार बस्नुभन्दा यो व्यवसाय गरेर केही आम्दानी हुन्छ कि भनी झिलिङ्गा बनाएर बेच्न थालेको जानकारी दिँदै तारादे विष्णुकुमारले अहिले यसबाट घरखर्च राम्रोसँग चलेको बताउनुभयो । आफूले घरमा घरायसी प्रविधिबाट झिलिङ्गा बनाउने र स्थानीय बजारमा नै खपत गरेको उहाँको भनाइ छ । काम गर्न सके जे गरे पनि राम्रो गर्न सकिने र काम पाइएन भनेर भौँतारिएर हिँड्नुपर्ने अवस्था नरहेको उहाँ बताउनुहुन्छ । दशैं तिहारजस्ता चाडपर्वमा झिलिङ्गाको माग अत्यधिक हुने गरेको छ । यसका साथै विवाह, व्रतबन्ध, धार्मिक कार्य तथा खाजाका रुपमा पनि यसको प्रयोग बढ्न थालेको बताइएको छ । रासस
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
५सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय