
१मेडिकल पसलबाट लागुऔषध कारोबार गर्ने अमिसा पक्राउ
२नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
३आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
७डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
८ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
९पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१०डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
११पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
१२विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
सिराहा। सिराहाको नरहा गाउँ पालिका-१ मा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत काम गरेका श्रमिकले पारिश्रमिक नपाएको भन्दै वडा कार्यालयमा तालाबन्दी गरेका छन् । आफूहरूले काम गरेको रकम आर्थिक मसान्तको तीन महिना बितिसक्दा पनि नपाएको भन्दै वडाका ४३ जना श्रमिकले तालाबन्दी गरेका हुन् ।
स्वरोजगार कार्यक्रमअन्तर्गत ४३ जना कामदारले वैशाख १२ गतेबाट ५० दिनसम्म काम गरेको रकम अझै नपाएको गुनासो गरेका छन् । स्थानीय सुनिल दासले अफूहरूले पटक-पटक पाउनुपर्ने रकमको लागि गाउँपालिकासँग आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको बताए ।
कामगरेको रकम असार १५ गतेसम्म पाइसक्नु पर्ने भए पनि अहिलेसम्म नपाउँदा आफूहरू निकै समस्यामा परेको उनले बताए। गीतादेवी दासले गुनासो पनि सुनिल दासको जस्तै छ । ‘हामी त गरिब मान्छे । काम गरेर मात्रै चुलो बल्छ । काम गरेको पैसा नै नपाएपछि हामी त निकै समस्यामा छौं’, उनले भनिन् ।
उनले आफूहरू गाउँपालिका धाउँदाधाउँदै थाकेको बताइन् । उनीहरूले कामगरे बापत प्रतिव्यक्ति २५ हजार हजारका दरले १० लाख ७५ हजार रकम लिनु बाँकी रहेको बताएका छन् ।
वडा अध्यक्ष अशोक साहले सम्बन्धित कर्मचारीको लापरबाहीले श्रमिकले पैसा पाउन नसकेको बताएका छन् । उनले कर्मचारीकै लापरबाहीका कारण चेक बन्न नसको बताए ।
आफूले गर्नुपर्ने सबै काम गरेर उनीहरूको जिम्मा लगाएको बताउँदै लेखा र सम्बन्धित कर्मचारीका कारण रकम निकासा हुन नसकेको उनले बताए । रकम उपलब्ध गराउन आफूहरूको प्रयास जारी रहेको उनको भनाइ छ ।