
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
४फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
५डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
१०छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
पोखरा । गण्डकी प्रदेश सरकारका कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारी नियन्त्रणमा स्वास्थ्य क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन्।
पोखरा महानरपालिका–१६ बाटुलेचौरमा सञ्चालित मातृशिशु मितेरी अस्पताल प्रयोगशाला अन्तर्गत सेवा विस्तारको आज उद्घाटन गर्दै उहाँले जनतालाई छिटोछरितो स्वास्थ्य सेवा प्रदान गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताए। अस्पतालले छोटो समयमा स्वास्थ्यको क्षेत्रमा पु¥याएको योगदान अतुलनीय रहेको उल्लेख गर्दै उनले भने, “नविनतम प्रविधिको जडानसहित प्रयोगशालामार्फत जनतालाई अस्पतालले दिएको स्वास्थ्य सेवा महत्वपूर्ण छ ।”
प्रदेशसभा सदस्य कृष्ण थापाले मातृशिशु मितेरी अस्पतालको निर्माणमा हालसम्म १८ करोड लगानी भएको जानकारी दिनुभयो । उहाँले अब अस्पतालमा १०० शय्या व्यवस्थापन गर्न लाग्नुपर्नेमा जोड दिँदै यस अस्पतालमा नर्सिङ कलेजको स्थापना गरे शिशु र आमाको उपचार सेवामा थप टेवा पुग्ने विश्वास व्यक्त गरे।
अस्पतालको व्यवस्थापन समितिका अध्यक्ष उषा बरुवालले मातृशिशु मितेरी अस्पतालमा आमा र नवजात शिशुको उपचार गरिने जानकारी दिँदै हाल ५५ शय्यामार्फत निःशुल्करुपमा बिरामीको उपचार भइरहेको बताए ।
“२० शय्याको कोभिड वार्डको व्यवस्थापन गरी निःशुल्क उपचार दिइरहेका छौँ”,उनले भने, “अब दन्त रोग सेवासमेतलाई विस्तार गरिने योजना रहेकोछ ।” कार्यक्रममा पोखरा १६ का वडाअध्यक्ष जीवन आचार्य, वरिष्ठ इन्जिनीयर महेन्द्र गोदार र शारदा मोहन काफ्लेलगायतले जनस्वास्थ्यका लागि अस्पतालको भूमिकाबारे चर्चा गरेका थिए ।