
१‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
२पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
३डुलुवाको अध्यक्षमा योगेश भट्टराई
४सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
५‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
६इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
७पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
८माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
९मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१०मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
६रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
९डुलुवाको अध्यक्षमा योगेश भट्टराई
१०मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
पोखरा, २७ भदौ । जनप्रिय बहुमुखी क्याम्पसको एमविए इन हस्पिट्यालिटी म्यानेजमेन्ट दोस्रो सेमेस्टरको परीक्षाफल प्रकाशन भएको छ । एमविए दोस्रो सत्रको नियमित परीक्षामा ९५ प्रतिशत विद्यार्थीले उत्कृष्ट नजिता ल्याउन सफल भएका छन् ।
डिग्री लेभलका विद्यार्थीको शैक्षिक सत्रलाई मध्यनजगर गर्दै क्याम्पसले कोरोना महामारीबिच गत असार ३० गतेदेखि साउन ५ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो । एमविए पहिलो व्याजका विद्यार्थी हाल तेस्रो सेमेस्टरमा अध्ययनरत छन् ।
एविए इन हस्पिट्यालिटी म्यानेजमेन्ट कार्यक्रम नेपाली तथा विदेशी विद्यार्थीहरूलाई हस्पिट्यालिटी क्षेत्रसँग सम्बन्धित व्यवस्थापकीय ज्ञान, सीप तथा दृष्टिकोणको विकास गरी दक्ष जनशक्ति पर्यटन उद्योग र अन्तर्राष्ट्रिय श्रम बजारमा पठाउने उद्धेश्यले सञ्चालन गरिएको क्याम्पस प्रमुख बिरञ्जी गौतमले जानकारी दिए । क्याम्पस प्रमुख गौतमले गुणस्तरको कसीलाई कायम राख्दै विद्यार्थी भर्ना छनौटमा निष्पक्षता अप्नाउँदा, छानिएका सही विद्यार्थीले आफ्नो क्षमता देखाउँदा नै उत्कृष्ट नजिता ल्याउन सफल भएको दावी गरे ।
विश्व अर्थतन्त्रमा सेवा क्षेत्रको योगदान ६० प्रतिशतभन्दा माथि रहेको छ । दक्ष जनशक्ति उत्पादन हुँदा सेवा क्षेत्रमा प्रवेशका लागि ढोका खुल्ने छ । पर्यटन उद्योगमा दक्ष जनशक्तिको माग र खपत दिनप्रतिदिन बढ्दो छ । हस्पिट्यालिटी म्यानेजमेन्टले केवल पर्यटन क्षेत्रलाई मात्रै नभई समग्र सेवा क्षेत्रलाई योगदान दिने भएकाले जनप्रियको नतिजाले थप आशामुखी बनाएको छ ।
गत असारमा विविए सङ्कायका दुई जना विद्यार्थी नेपाल भरिकै प्रथम, दुई जना विद्यार्थी दोस्रो र एक जना विद्यार्थी तेस्रो हुन सफल भएका थिए । जनप्रियको यस्तो रहर लाग्दो नतिजाले क्याम्ससको गरिमा उचो भएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष तारा गिरीले बताए ।
एमविए इन हस्पिट्यालिटी म्यानेजमेन्ट अध्ययनका लागि विएचएम, विएमटिएम, विविए, विविएस लयायत विज्ञान, व्यवस्थापन, मानविकी तथा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीले आवेदन दिइ प्रवेश परीक्षा पास गरी अध्ययन गर्न सक्ने कार्यक्रम संयोजक विश्वासराज पौडेलले जानकारी दिए ।
जनप्रिय बहुमुखी क्याम्पसले त्रिभुवन विश्वविद्यालयको सम्बन्धन र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर मान्यता प्राप्त गरेको छ । मानित विश्वविद्यालयको गोरेटोमा अगाडि बढेको जनप्रियले आफ्नै पहलमा पाठ्यक्रम तयार गरी स्वयत्त कार्यक्रम अन्तर्गत एमविए इन हस्पिट्यालिटी र स्नातकतह पर्वतीय पर्यटन व्यवस्थापन (बिएमटिएम) को शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ ।
प्रात र दिवा सत्रमा ५ हजारभन्दा बढी विद्यार्थी अध्ययन गर्ने जनप्रिय क्याम्पसले देशभरिका १ हजार ९६ सामुदायिक क्याम्पस मध्ये २०७२ र २०७३ मा शिक्षामन्त्रालयबाट उत्कृष्ट क्याम्पसको पुरस्कार पाइसकेको छ । विश्वविद्यालय अनुदान आयोगको छनौटमा परेको जेएमसीले दुई पटक गुणमापन तथा प्रत्यानको प्रमाणपत्र पाएर गुणस्तर सुनिश्चितताको कसीमा सर्वोकृष्ट ठहरिएको छ ।
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय