
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
तारानाथ आचार्य
बलेवा, २७ भदौ । भदौ लागेपछि मुस्ताङमा व्यापारीको चहलपहल बढेको छ । कोही स्याउका बगान हेरेर फर्किएका छन् भने कोही बैंदो लगाएर । किसान र व्यापारीको भेट भइरहेको भएपनि मुस्ताङको स्याउ बजारमा आउन अझै केही दिन लाग्ने स्थानीवासीको भनाइ छ ।
कोरोना भाइरस सङ्क्रमण त्रासका कारण जारी निषेधाज्ञा केही खुकुलो भएपछि स्याउ बगान खरिद गर्न बाहिरी जिल्लाबाट व्यापारी मुस्ताङ पुगेका छन् । निरन्तरको वर्षा र बाढीपहिराले पनि व्यापारी यस वर्ष ढिलो गरी मुस्ताङ पुगेका हुन् । मुस्ताङको स्याउ तीज अघि नै बजारमा ल्याउने व्यापारीको जोड थियो । तर, असोज लागेपछि मात्रै स्याउ बजारमा आउने छ ।
यसवर्ष स्याउ राम्रोसँग पाकेपछि मात्रै बजारमा पठाउने तयारी किसानले गरेका हुन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ‘एप्पल जोन’ कार्यक्रम मुस्ताङको सल्लाहमा आगामी असोज १ गतेपछि मात्रै बगानमा प्रवेश दिइने घरपझोङ गाउँपालिका–२ मार्फाका किसान राजुप्रसाद लालचनले बताउनुभयो । ‘‘एप्पल जोनको बैठक बसेर नियम लगाएको छ, असोज १ अघि बजारमा स्याउ जादैन,’’ उहाँले भन्नुभयो, ‘‘खरिद बिक्रीको काम भइरहेको भए पनि बगानमा पसेर स्याउ टिप्न पाइएको छैन ।’’ गत वर्षभन्दा यसवर्ष मुस्ताङमा कम स्याउ फलेको उहाँले बताउनुभयो ।
कालीगण्डकी किनार आसपासका फाँटभन्दा केही माथिल्लो भूभागको जमिनमा स्याउ कम फलेको छ । ‘‘हुस्सुका कारण स्याउमा रोग देखिएको छ, जसका कारण स्याउ राम्रो फलेन,’’ लालचनले भन्नुभयो, ‘‘स्याउनको लागि चर्चित मार्फा हो, पुरानो मार्फामा अहिले स्याउ गतिलो फलेन ।’ यहाँको स्याउ असोज १५ पछि टिप्दा मात्रै राम्रोसँग पाक्न पाउने ‘एप्पल जोन’ कार्यक्रम मुस्ताङका प्रमुख सुधीरा थापाले बताउनुभयो । ‘‘भदौ नलाग्दै बजार पठाउने चलन रहेछ, स्याउको स्वाद पनि नहुने र किसानले राम्रोसँग मुनाफा लिन नपाउने हुन्छ,’’ उहाँले भन्नुभयो, ‘‘यसवर्ष समूह र सहकारीमा आवद्ध सबैले आगामी असोज १ पछि मात्रै स्याउ टिप्ने निधो गर्नुभएको छ ।’’
व्यापारी स्याउ बजार पु¥याउनका लागि आत्तिएको भए पनि किसान र उपभोक्ताको हितका लागि समय तोकिएको थापाको भनाइ छ । गत वर्ष ४० करोडको स्याउ मुस्ताङबाट बिक्री भएको तथ्याङ्क छ । यसवर्ष गत वर्षको तुलनामा केही कम उत्पादन भएको थापाले बताउनुभयो । ‘‘औषतभन्दा पानी धेरै प¥यो, हिउँ पर्याप्त परेन, जसको असर स्याउको उत्पादनमा पर्छ,’’ उहाँले भन्नुभयो, ‘‘उत्पादन दिने बिरुवाको सङ्ख्या बढेको भए पनि हावापानीका कारण उत्पादन घट्ने देखिन्छ ।’’
मुस्ताङमा एक हजार ४० हेक्टर जमिनमा स्याउ लगाइएको छ । ५०० हेक्टर जमिनमा मात्रै अहिले उत्पादन दिने बिरुवा तयार छन् । बाँकी बिरुवाले क्रमश उत्पादन दिने प्रमुख थापाले बताउनुभयो । गतवर्ष यहाँको स्याउ बगानबाट प्रतिकिलो रु १०० का दरले बिक्री भएको थियो । ‘‘बगानै ठेक्का दिने चलन छ, ठेक्कामा अझै सस्तो पर्छ, फुटकर बेच्दा मात्रै किसानले मागेको मूल्य पाएका छन्,’’ प्रमुख थापाले भन्नुभयो । मुस्ताङको स्याउ विशेष गरेर दशैंँ, तिहारजस्ता पर्वमा कोसेलीको रुपमा प्रयोग हुने भएकाले बजारमा माग बढ्दो छ । बागलुङ, पोखरा, चितवन, काठमाडौंँलगायतका सहरमा यहाँको स्याउ बिक्री हुने गरेको छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन