
१‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
२कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
३हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
६भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
७२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१०जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
११पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
मनाङ, २६ भदौ । सरकार परिवर्तन भएपछि कर्मचारी सरुवा तथा बढुवा गरिएको छ । यसले यहाँ समस्या सिर्जना भएको छ । जिल्लाका सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतविहीन छन् । प्रशासकीय अधिकृतविहीन अवस्थामा कामकारबाही अगाडि बढाउन निमित्त प्रमुख प्रशासकीय अधिकृत कनिष्ठ व्यक्तिलाई जिम्मेवारी दिएपछि विवाद चुलिएको हो ।
प्रमुख प्रशासकीय अधिृकत सरुवा भएपछि ङिस्याङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नियुक्तिमा विवाद भएको छ । अन्य स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत सरुवा भएपछि पदीय हिसाबबाट निमित्त प्रमुख प्रशासकीयको रूपमा कार्य तथा हाजिरी गराइएको भए पनि गाउँपालिकामा विवाद भएको छ । निवर्तमान अधिकृत दीपक ढकाल सरुवा भएर जानु भएपछि आएका निमित्त प्रशासकीय अधिकृत विवादमा मुछिएका छन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही भदौ २० मा अधिकृतस्तर छैटौँ तहका जनस्वास्थ्य निरीक्षक नारायण यादवलाई जिम्मेवारी सुम्पेको पत्र पठाएको छ । प्रमुख प्रशासकीय अधिकृत हाजिर नहुँदासम्म सम्पूर्ण आर्थिक र प्रशासनिक जिम्मेवारी यादवलाई सुम्पिएको छ ।
प्राविधिकलाई प्रशासनको जिम्मेवारी दिएको भन्दै गाउँपालिकाका जनप्रतिनिधि र अन्य फाँटका कर्मचारी नै असन्तुष्ट भएका छन् । ढकाल सरुवा हुने भएपछि गाउँपालिका अध्यक्ष कान्छा घलेको अध्यक्षतामा बैठक बसी यादवलाई जिम्मेवारी दिन मन्त्रालयमा पत्र पठाइएको थियो । उक्त बैठकको माइन्युट नै फर्जी रहेको वडा नं ५ का वडाध्यक्ष कर्मछिरिङ गुरुङ बताउनुहुन्छ । सधैँ उठाउने माइन्युटमा नै नभएको निर्णयमा घरघरै गएर हस्ताक्षर गरेर मन्त्रालय पठाइएको उहाँले आरोप लगाउनुभयो ।
उक्त निर्णयमा निवर्तमान प्रशासकीय अधिकृत ढकालसहित गाउँपालिका उपाध्यक्ष, पाँच वडाध्यक्ष र एक कार्यपालिका सदस्यले हस्ताक्षर गर्नुभएको छैन । यसले झनै मिलेमतोमा निमित्त अधिकृत नियुक्त गरिएको खुलासा भएको जनप्रतिनिधिले आरोप लगाएका छन् ।
स्वास्थ्य क्षेत्र (प्राविधिक शाखा)मा कार्यरत कर्मचारी प्रशासन शाखामा नियुक्त हुँदा पालिकाको काममा असर पर्ने भन्दै उनीहरु असन्तुष्ट बनेका हुन् । लामो समयदेखि प्रशासन शाखामै उहाँभन्दा लामो समयदेखि कार्यरत कर्मचारीलाई नजरअन्दाज गरेर उहाँलाई नियुक्त गरिनु उपयुक्त नभएको कर्मचारीको भनाइ छ ।
अध्यक्ष घलेले दुवै जनाको नाम सिफारिस गरेर मन्त्रालयमा पठाएको बताउनुभयो । तीमध्ये यादवलाई मन्त्रालयले जिम्मेवारी सुम्पिने गरी पत्र पठाएको उहाँले जानकारी दिनुभयो । मन्त्रालयले चिठ्ठी पठाएपछि अब पौडेलको निमित्त प्रशासकीय अधिकृतको बाटो रोकिएको उहाँको भनाइ छ ।
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल