
१कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
२सूर्यदर्शन सहकारीले भन्यो : ‘रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति कृष्णप्रसाद जैसी मात्र होइनन् !’
३रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
४सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
५महान्यायाधिवक्ता सविता भण्डारीको हर्कतहरु, ७ अर्ब रुपैयाँको राजश्व छलिमा वर्ल्डलिंकलाई क्लिन चिट
६‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
७पाल्पामा टिप्पर दुर्घटना, चारजनाको मृत्यु
८चैत १३ मा प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
९मक्किएको काँग्रेसलाई बचाउन खोज्दा खोज्दैं आफैं ढले गगन थापा, दिए सभापति पदबाट राजीनामा
१०पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा ५५ मध्ये ३४ जना प्रतिवादी उपस्थित
११मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दुईजना मानिस पक्राउ
१२ढोरपाटनमा दादुरा प्रकोप, ३० जना अझै अस्पतालमा, नियन्त्रणका लागि खोप अभियान
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
८बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
९कास्की–२ मा निर्दोष पौडेलको उम्मेदवारी फिर्ता
१०चितवनमा रविले प्रमाण खोइ भन्दै गर्दा पोखरामा सहकारी पीडितले गगनलाई बुझाए ज्ञापनपत्र
११कास्कीमा भत्कियो एमालेको ‘लालकिल्ला’, कास्की–२ मा रास्वपाका उत्तमलाई प्रतिद्वन्द्वीभन्दा चार गुणा बढी मत प्राप्त
१२निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
पोखरा, १७ भदौं । नेपाली काँग्रेसका युवा नेता तथा उद्यमी सिरोजविजय कोइरालाले १४ औं महाधिवेशनको सन्दर्भमा पोखरा महानगरपालिका वडा नं. ४ इकाई समितिबाट क्षेत्रीय प्रतिनिधिको उमेद्वारी घोषणा गरेका छन् । बिहीवार विहान सामाजिक सञ्जालमा आफ्नो उमेद्वारी घोषणा गर्दै युवा नेता कोइरालले लेखेका छन्–‘केही खाउँला भन्ने छैन्, केही लिउँला भन्ने छैन, युवाको सपना यही देशमा भेटियोस भन्ने हो ।’
नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा होमिने विचार व्यक्त गर्दै कोइरालाले आफ्ना धारणा स्पष्ट र खरो शैलीमा राखेका छन् ‘धमिलो कर्णाली सङ्गल्याउने मन छ, राम्रो अनि देशका पक्षमा उभिने मन छ । ’
राजनीतिक पार्टीको शासनलाई विश्वास र भर नगरे कै कारण नेपाली सन्तान र युवा घरदेश छोडेर परदेश पलायन हुँदा उनी दुखित छन् । मानव पुँजीलाई स्वदेशमा टिकाउन सकियो भने समृद्धि नारामा होइन व्यावहारमा अनुवाद हुने कोइरालको ठहर छ ।
मुलुकको वेथिति, भ्रष्टाचार हटाएर देश विकासको पथतर्फ अघि बढोस् भन्ने चाहना राख्ने काँग्रेसी जनलाई उनी महाधिवेशनमा जवरजस्त हस्तक्षेप गरौं भन्ने उद्घोष गर्छन् । चरित्रवान् उम्मेदवारलाई हरतरहले साथ दिने उनको सकारात्मक सोँचले स्वच्छ छवि भएका काँग्रेसका पाका कार्यकर्ता खुशी देखिन्छन् ।
पार्टीमा हामीजस्ता युवाहरू केही गरौं भन्ने भावनाले ओतप्रोत भएका हौं । काँग्रेसलाई सके सिँगारौं नसके नविगारौं भन्ने अभिलाषामा यो ४ तारे झण्डालाई हृदयमा राखेका छौं । त्यसैले कार्यकर्ताको भावनालाई नेतृत्व तहले बुझ्न र आत्मसात गर्न आवश्यक ठान्छन् कोइराला ।
देशको विकास र जनताको अधिकार सुरक्षित गर्नका लागि नेपाली काँग्रेस पार्टीले वीपी कोइरालाको समाजवादी सपनालाई बिर्सनु हुँदैन। साथै वडास्तरमा डटेर खटेका नेपाली काँग्रेसका क्रियाशील सदस्यहरूको योगदानलाई कदर गर्नुपर्छ भन्ने उडानमा उनी देखिन्छन् ।
यो चुनाव भनेको हामी सबै नेपाली काँग्रेसका क्रियाशील सदस्यहरूको आफ्नै हो । पार्टीलाई हित हुन्छ भने मिलेर जानुपर्छ । वास्तवमा जिते पनि हारे पनि पार्टीलाई बलियो बनाउनुपर्छ । नतिजा जे भए पनि लोकतान्त्रिक अभ्यासलाई सहर्ष स्वीकार्नु पर्छ । युवाहरूले उचित स्थानमा उमेद्वारी दिए पार्टीले युवालाई हेर्न नजर परिवर्तन हुन्छ । जसले आउने पुस्तालाई हौसला र आशा दिन्छ भन्छन् कोइराला ।
को हुन् सिरोजविजय कोइराला ?
नेपाली काँग्रेसको राजनीतिमा वाल्यकालदेखि नै क्रियाशील कोइराला लोकतान्त्रिक संस्कारको बगैंचामा हुर्किएका हुन् । पारिवारिक पृष्ठभूमि नै काँग्रेसमय भएका कोइरालाको बालापन पञ्चायतकालमा काँग्रेसका पर्चा र घोषणपत्र पढेर वित्यो । कृष्णप्रसाद भट्टराईसँग संगत गरेका कोइरालाको स्वाभाव पनि सन्त नेताको जस्तै छ । उनको परिवारले काँग्रेसलाई धेरै दियो तर कहिल्यै केही लिएन र मागेन पिता सुन्दर विजय कोइरालाको आदर्शलाई उनले पनि पछ्याएका छन् ।
नेपाल विद्यार्थी संघको राजनीतिक मञ्चबाट उनले आफ्नो नाम स्थापित गरेका थिए । साथै, युवा नेता कोइरालाले कास्कीका वरिष्ठ नेताद्वय शुक्रराज शर्मा र खेमराज पौडेलको चुनावी प्रचार–प्रसार अभियानको सशक्त मोर्चाको नेतृत्व गरेका थिए ।
त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा स्नाकोत्तर गरेका कोइराला अध्यात्म र धर्मको गहिरो अध्ययन भएका व्यक्तित्व हुन् । पूर्वीय र पाश्चात्य जीवन शैलीको समानान्तर ज्ञान प्राप्त गरेका कोइराला युवाहरूलाई आफ्नो संस्कार र संस्कृति सिकाउने क्रियात्मक अभियानमा पनि सरिक छन् । सञ्चार उद्यमी युवा नेता सिरोजविजय कोइरालाले व्यवसायिक घरानाका रूपमा पनि आफूलाई स्थापित गरिसकेका छन् ।
नेपाली काँग्रेसले देशैभरका ६ हजार ७ सय ४३ वडामा एकैदिन शुक्रबार वडा अधिवेशन गर्दैछ । काँग्रेसका ९ लाखभन्दा बढी क्रियाशील सदस्य सक्रिय भइरहेका छन् । वडा अधिवेशनमा क्रियाशील सदस्य नै मतदाता हुन् । ५ पटक सरेको नेपाली काँग्रेसको १४ औं महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ । यसपटक काँग्रेसमा वडादेखि केन्द्रसम्मै कोषाध्यक्ष वाहेकका पदहरूमा निर्वाचन हुनेछ । क्रियाशील सदस्यको विवाद अब बाँकी नभएको जानकारी काँग्रेस उच्च स्रोत दिएको छ ।
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने