
१निर्वाचन तयारी : जेनजी आन्दोलनपछि १५ नयाँ दल दर्ताको लहर, आयोगले अध्ययन गर्दै
२‘शहीदको रगत खेर नजाओस्’ भन्दै जेनजी युवाहरू फेरि उत्रिए प्रदर्शनमा
३जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
४नर्सका समस्याको समाधान गर्न १४ सदस्यीय समिति गठन, एक साताभित्र प्रतिवेदन बुझाइने
५विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
६अटेरी ओलीको दम्भ उस्तै, छैन कुनै पश्चाताप
७स्याङ्जामा जवरजस्ती करणी मुद्दाका फरार आरोपी पक्राउ
८जेन-जी आन्दोलन : नेपाली सेनाको स्पष्टीकरण
९नर्सलाई सरकारी सरह तलब र सुविधा सुनिश्चित गर्न प्रधानमन्त्री कार्कीको निर्देशन
१०‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
११पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
१२प्रहरीको विशेष अभियान ‘अपरेशन ३६५’ शुरु
१‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
२पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
३कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
४जेन–जी युवालाई मतदानमा सहभागी गराउन अध्यादेश, आजैबाट मतदाता नामावली संकलन
५तीन करोडभन्दा बढीको घरजग्गा कारोबारमा इजाजत पत्र चाहिने
६समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
७पूर्वप्रधानमन्त्री ओलीसहित ५ जनाको पासपोर्ट रोक्का
८नेपाली कांग्रेस गण्डकी प्रदेशको बैठक : जेन-जी आन्दोलन र राष्ट्रिय संकटमा महत्त्वपूर्ण निर्णय
९पक्राउ परेकाहरूलाई छानबिन गरी रिहा गर्न निर्देशन
१०सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
११माओवादी नेताहरूको विलासी जीवनशैलीमाथि प्रश्न
१२प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
पोखरा, १७ भदौं । नेपाली काँग्रेसका युवा नेता तथा उद्यमी सिरोजविजय कोइरालाले १४ औं महाधिवेशनको सन्दर्भमा पोखरा महानगरपालिका वडा नं. ४ इकाई समितिबाट क्षेत्रीय प्रतिनिधिको उमेद्वारी घोषणा गरेका छन् । बिहीवार विहान सामाजिक सञ्जालमा आफ्नो उमेद्वारी घोषणा गर्दै युवा नेता कोइरालले लेखेका छन्–‘केही खाउँला भन्ने छैन्, केही लिउँला भन्ने छैन, युवाको सपना यही देशमा भेटियोस भन्ने हो ।’
नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा होमिने विचार व्यक्त गर्दै कोइरालाले आफ्ना धारणा स्पष्ट र खरो शैलीमा राखेका छन् ‘धमिलो कर्णाली सङ्गल्याउने मन छ, राम्रो अनि देशका पक्षमा उभिने मन छ । ’
राजनीतिक पार्टीको शासनलाई विश्वास र भर नगरे कै कारण नेपाली सन्तान र युवा घरदेश छोडेर परदेश पलायन हुँदा उनी दुखित छन् । मानव पुँजीलाई स्वदेशमा टिकाउन सकियो भने समृद्धि नारामा होइन व्यावहारमा अनुवाद हुने कोइरालको ठहर छ ।
मुलुकको वेथिति, भ्रष्टाचार हटाएर देश विकासको पथतर्फ अघि बढोस् भन्ने चाहना राख्ने काँग्रेसी जनलाई उनी महाधिवेशनमा जवरजस्त हस्तक्षेप गरौं भन्ने उद्घोष गर्छन् । चरित्रवान् उम्मेदवारलाई हरतरहले साथ दिने उनको सकारात्मक सोँचले स्वच्छ छवि भएका काँग्रेसका पाका कार्यकर्ता खुशी देखिन्छन् ।
पार्टीमा हामीजस्ता युवाहरू केही गरौं भन्ने भावनाले ओतप्रोत भएका हौं । काँग्रेसलाई सके सिँगारौं नसके नविगारौं भन्ने अभिलाषामा यो ४ तारे झण्डालाई हृदयमा राखेका छौं । त्यसैले कार्यकर्ताको भावनालाई नेतृत्व तहले बुझ्न र आत्मसात गर्न आवश्यक ठान्छन् कोइराला ।
देशको विकास र जनताको अधिकार सुरक्षित गर्नका लागि नेपाली काँग्रेस पार्टीले वीपी कोइरालाको समाजवादी सपनालाई बिर्सनु हुँदैन। साथै वडास्तरमा डटेर खटेका नेपाली काँग्रेसका क्रियाशील सदस्यहरूको योगदानलाई कदर गर्नुपर्छ भन्ने उडानमा उनी देखिन्छन् ।
यो चुनाव भनेको हामी सबै नेपाली काँग्रेसका क्रियाशील सदस्यहरूको आफ्नै हो । पार्टीलाई हित हुन्छ भने मिलेर जानुपर्छ । वास्तवमा जिते पनि हारे पनि पार्टीलाई बलियो बनाउनुपर्छ । नतिजा जे भए पनि लोकतान्त्रिक अभ्यासलाई सहर्ष स्वीकार्नु पर्छ । युवाहरूले उचित स्थानमा उमेद्वारी दिए पार्टीले युवालाई हेर्न नजर परिवर्तन हुन्छ । जसले आउने पुस्तालाई हौसला र आशा दिन्छ भन्छन् कोइराला ।
को हुन् सिरोजविजय कोइराला ?
नेपाली काँग्रेसको राजनीतिमा वाल्यकालदेखि नै क्रियाशील कोइराला लोकतान्त्रिक संस्कारको बगैंचामा हुर्किएका हुन् । पारिवारिक पृष्ठभूमि नै काँग्रेसमय भएका कोइरालाको बालापन पञ्चायतकालमा काँग्रेसका पर्चा र घोषणपत्र पढेर वित्यो । कृष्णप्रसाद भट्टराईसँग संगत गरेका कोइरालाको स्वाभाव पनि सन्त नेताको जस्तै छ । उनको परिवारले काँग्रेसलाई धेरै दियो तर कहिल्यै केही लिएन र मागेन पिता सुन्दर विजय कोइरालाको आदर्शलाई उनले पनि पछ्याएका छन् ।
नेपाल विद्यार्थी संघको राजनीतिक मञ्चबाट उनले आफ्नो नाम स्थापित गरेका थिए । साथै, युवा नेता कोइरालाले कास्कीका वरिष्ठ नेताद्वय शुक्रराज शर्मा र खेमराज पौडेलको चुनावी प्रचार–प्रसार अभियानको सशक्त मोर्चाको नेतृत्व गरेका थिए ।
त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा स्नाकोत्तर गरेका कोइराला अध्यात्म र धर्मको गहिरो अध्ययन भएका व्यक्तित्व हुन् । पूर्वीय र पाश्चात्य जीवन शैलीको समानान्तर ज्ञान प्राप्त गरेका कोइराला युवाहरूलाई आफ्नो संस्कार र संस्कृति सिकाउने क्रियात्मक अभियानमा पनि सरिक छन् । सञ्चार उद्यमी युवा नेता सिरोजविजय कोइरालाले व्यवसायिक घरानाका रूपमा पनि आफूलाई स्थापित गरिसकेका छन् ।
नेपाली काँग्रेसले देशैभरका ६ हजार ७ सय ४३ वडामा एकैदिन शुक्रबार वडा अधिवेशन गर्दैछ । काँग्रेसका ९ लाखभन्दा बढी क्रियाशील सदस्य सक्रिय भइरहेका छन् । वडा अधिवेशनमा क्रियाशील सदस्य नै मतदाता हुन् । ५ पटक सरेको नेपाली काँग्रेसको १४ औं महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ । यसपटक काँग्रेसमा वडादेखि केन्द्रसम्मै कोषाध्यक्ष वाहेकका पदहरूमा निर्वाचन हुनेछ । क्रियाशील सदस्यको विवाद अब बाँकी नभएको जानकारी काँग्रेस उच्च स्रोत दिएको छ ।
१‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
२पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
३कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
४जेन–जी युवालाई मतदानमा सहभागी गराउन अध्यादेश, आजैबाट मतदाता नामावली संकलन
५तीन करोडभन्दा बढीको घरजग्गा कारोबारमा इजाजत पत्र चाहिने