
१मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
५आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
६पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
७गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
८पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
९सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१०फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
११कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१२गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
६सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
७चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९रसुवा बाढी : ७८१ जनाको शव भेटियो
१०स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली कांग्रेसमा प्रवेश गरेका पोखराका अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईसहित युवालाई शुभकामना दिएका छन् । बुधबार निवासमै आयोजित कार्यक्रममा मुख्यमन्त्री पोखरेलले बिपीको सिद्धान्तलाई आत्मसात गर्दै लोकतान्त्रिक समाजवादलाई संस्थागत गर्नु पर्ने बताए ।
मुलुकलाई समृद्धिको बाटोमा डो¥याउने दायित्व नेपाली कांग्रेसको रहेको भन्दै यसका लागि युवाहरु अग्रसर हुनुपर्ने उनको भनाइ थियो । लामो समयदेखि पर्यटन र अन्य व्यवसायमा आबद्ध युवाहरुको प्रवेशले कांग्रेस थप सशक्त भएको मुख्यमन्त्री पोखरेलले बताए । नवप्रवेशीहरुलाई जिम्मेवारी दिएर पार्टीलाई सशक्त बनाउने जिम्मा पुराना नेता कार्यकर्ताको रहेको भन्दै यसको व्यवस्थापनमा जोड दिन उनले आग्रह गरे । पार्टीको महाधिवेशन, स्थानीय तहको निर्वाचन र त्यसपछि हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा परिणाम आफ्नोतिर आउनेगरी काम गर्न मुख्यमन्त्री पोखरेलले आग्रह गरे ।
कार्यक्रममा प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले पोखराका पूर्व मेयर गणेशबहादुर भट्टराईको प्रवेशले कास्कीको राजनीतिमा ठूलो हलचल मच्चाएको बताए । संघीयतामा प्रशस्त सम्भावना र अवसर रहेको भन्दै क्षमता अनुसार नेतृत्व लिन नवप्रवेशीलाई उनले आग्रह गरे ।
कार्यक्रममा अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले सुशासनका लागि व्यवसायीहरुलाई राजनीतिमा आकर्षित गर्नुपर्ने बताए । राजनीतिक नेतृत्वबाटै सुशासनको सुरुआत हुनुपर्ने भन्दै भ्रस्टाचारबाट मुलुकलाई जोगाउनुपर्ने अहिलेको मुख्य चुनौती रहेको भनाइ राखे । कोरोनाको महामारीबाट पर्यटन व्यवसायी सारै मारमा परेको भन्दै अहिले खोप उपलब्ध गराएर थोरै भए पनि राहत प्रदान गर्न उनले आग्रह गरे । पोखरा र आसपासको पर्यटनलाई जगाउन १५ हजारजति खोप उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो । ट्रेकिङ रुटका व्यवसायीलाई समेत खोप दिलाउन उनले आग्रह गरे ।
पर्यटन व्यवसायीलाई पुनर्कर्जा र साना व्यवसायीलाई व्यवसाय जीवन रक्षा कोष दिने भनिए पनि प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको उनले बताए । उनले भने,‘व्यवसायीहरु भाडा तिर्न नसक्ने अवस्थामा छन्, कति त पलायन भइसके, अब पनि केही गर्न सकिएन भने अवस्था भयावह हुन्छ ।’
पर्यटन बोर्डका पूर्व सदस्य टीकाराम सापकोटाले गणेश भट्टराईसहित १२ जना व्यवसायीको प्रवेशले पार्टीमा जोश र जाँगर बढेको भनाइ राखे । अब सरकारले पर्यटन पुनरुत्थानमा जोडन दिन आग्रह गर्दै उनले सर्भाइभल, रिभाइभल र एराइभललाई अभियानका रुपमा अगाडि बढाउन सुझाव दिए ।
उक्त अवरमा रेबान पोखराका पूर्व अध्यक्ष चौबहादुर गुरुङले नजिकिँदै गरेको पर्यटन दिवस भव्यरुपमा मनाउन लागेको भन्दै यसका प्रदेश सरकारको सहयोगको अपेक्षा गरिएको बताए ।
गणेशबहादुर भट्टराईको नेतृत्वमा पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराई, धर्मेन्द्रकुमार बाटाजु, अशोककुमार भण्डारी, जीवन भट्टराई, विकास भट्टराई, विशेष थापा, जयराम तिमिल्सिना, सुनिलबहादुर भट्टराई, अमित थापा, सरोज भट्टराई, च्यामबहादुर गुरुङ र अमृत ढकाल हालै कांग्रेसमा प्रवेश गरेका हुन् । उनीहरु सबैलाई प्रधानमन्त्री निवास बालुवाटारमा गत साता आयोजित कार्यक्रमका पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सदस्यता प्रदान गरेका हुन् ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा