
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
बझाङ, १४ भदौ । जयपृथ्वी नगरपालिका भोपुरका महादेव जोशीले चैनपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई खानेपानीका लागि पैसा तिरेको तीन वर्ष हुन थाल्यो ।
उहाँले भन्नुभयो, “मसँग पैसा थिएन । छोरीले बुझेको तलबबाट भए पनि धारा जडानका लागि रु १० हजार तिरे । अहिलेसम्म धारामा पानी आएको छैन् । कहिले आउँछ थाहा छैन ।”
त्यस्तै जयपृथ्वी नगरपालिका–९ देवलकी टिटा मगर धामीले पनि रु १० हजार तिरेको करिब चार वर्ष जति हुन लाग्यो । उहाँहरु मात्रै नभएर गाउँका धेरै मानिसले पैसा तिरेको धेरै भयो । पानी आएको छैन् । सेतो पाइप मात्र बिछ्याएको छ । यसतर्फ ध्यान सो समिति गएको छैन ।
सन् २०१९ अप्रिल ७ देखि काम गर्ने जिम्मा पाएको आशिष जेभी ग्वाँल्लेक निर्माण सेवाले जयपृथ्वी–११ भोपुरमा काम सुरुआत गर्ने गरी सहरी खानेपानी तथा सरसफाइ आयोजना क्षेत्रीय कार्यालय नेपालगञ्जसँग रु २२ करोड ९२ लाख सम्झौता गरेको थियो । करिब १८ महिनाभित्र काम सम्पन्न गर्नेे सम्झौतामा उल्लेख छ । हालसम्म ७५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । भारत र चीनबाट समेत सामान ल्याउनुपर्ने भएकाले र लकडाउनका कारणलेसमेत काममा ढिलाइ भएको जेभी कन्टक्सनका परामर्शदाता मकरबहादुर स्वाँरले बताउनुभयो ।
अगामी दशैँभित्र समुदायस्तरमा पानी वितरण गर्ने तरिकालेसमेत काम भइरहेको जनाइएको छ । चैनपुरका लागि चार लाख ५० हजार लिटर, भोपुर बस्तीका लागि ५० हजार लिटर, देवल रिठापाठाका लागि एक लाख लिटर पानी वितरण गरिने समितिका अध्यक्ष लोकेन्द्र विष्टले बताउनुभयो । उहाँका अनुसार सो क्षेत्रका करिब एकहजार १६५ घरधुरीलाई पानी उपलब्ध गराइने छ । उहाँले भन्नुभयो, “आयोजना निर्माणस्थलमा सेती नदीमा आएको बाढीका कारणले आयोजना निर्माणमा ढिलाइ हुनगएको हो ।”
परियोजना निर्माणका लागि एशियन डेभलपमेन्ट बैंक र नेपाल सरकारको ७० प्रतिशत र नगरविकास कोष र उपभोक्ताको ३० प्रतिशत छ । नगरपालिकाले पनि म्याचिङस्वरुप रु ४५ लाख सहयोग गरेको छ । सुरुका अवस्थामा पनि सेती नदीको छालमा आयोजना बनाउनु नै गलत भएको तथा अहिले नदीको बाढीका कारणले निर्माणमा समेत ढिलाइ गरेको नगर उपप्रम्रख जुना जाग्रीले बताउनुभयो ।
आफूले आयोजनाको निर्माणकार्य सुरु हुनअघि नै सेती नदीको छालमा नबनाउन आग्रह गरे पनि कसैले आफ्नो कुरा नसुनेको उहाँको भनाइ छ । रासस
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन