
१पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
२माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
३मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
४मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
५सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
६रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
७किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
८आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
९पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१०गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
११पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
६रसुवा बाढी : ७८१ जनाको शव भेटियो
७रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
८स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
९भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१०ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
काठमाडौँ, ११ भदौ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको आसन्न १४ औँ महाधिवेशनका लागि सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्दै सम्पर्क कार्यालय स्थापना गर्नुभएको छ ।
उहाँले नेता कार्यकर्तासँग भेटघाटका लागि नयाँ बानेश्वरस्थित थापा गाउँमा सम्पर्क कार्यालयको आज शुभारम्भ गर्नुभएको हो । सो अवसरमा उहाँले आफू कसैलाई पराजित गर्न र ‘रिटाएर’ गर्न तथा असक्षम घोषण गर्न पार्टी सभापति पदमा उम्मेदवरीको घोषणा नगरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “कांग्रेसलाई बलियो बनाउन र आगामी सबै तहका निर्वाचनमा पार्टीलाई बहुमत हासिल गर्र्ने मेरो चाहना हो । यसैका लागिपार्टी सभापतिको उम्मेदवारी घोषणा गरेको हुँ ।” आफू पार्टीका संस्थापक नेता बिपी कोइरालाको प्रेरणा र योगदानले नै आजको अवस्थामा आइपुगेको उहाँको भनाइ थियो । संविधानसभाबाट कांग्रेसको बहुमत नहुँदा पनि आफूहरु सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी राजनीतिक व्यवस्थासहितको संविधान जारी गर्न सफल भएको उल्लेख गर्दै उहाँले कांग्रेसले यसको कार्यान्वयन गर्र्दै स्वामित्व लिने र संविधानलाई अलपत्र पर्न नदिने स्पष्ट पार्नुभयो ।
गत तीन वर्षमा संविधानका मर्ममा विश्वास नगर्ने राजनीतिक दल सत्तामा हुँदा मुुलुकमा सबै क्षेत्रमा विकृति देखिएको धारणा व्यक्त गर्दै उहाँले भन्नुभयो, “आगामी आमनिर्वाचनमा हामी यो विषय जनतामाझ उठाउँछौँ ।” आगामी निर्वाचनमा कांग्रेस गुट उपगुटभन्दा माथि उठेर आओस् भन्ने जनताको चाहना रहेको उहाँको भनाइ थियो ।
पार्टीको क्रियाशील सदस्यतामा ३५ प्रतिशतभन्दा बढी युवा वर्गको प्रतिनिधित्व रहेको अवगत गराउँदै उहाँले आफू युवा वर्गका लागि पार्टीमा सहजकर्ताको भूमिका निर्वाह गर्न तयार रहेको बताउनुभयो । फरक प्रसङ्गमा पूर्व उपप्रधानमन्त्री निधिले संविधानले सबैलाई धार्मिक स्वतन्त्रताको अधिकारको सुनिश्चितता गरेको जनाउँदै सबैले सबै धर्मको सम्मान गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य, जिल्ला सभापति तथा विभिन्न जिल्लाबाट आएका नेता कार्यकर्ताको सहभागिता थियो ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने