म्याग्दी, ४ भदौ । बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी बेनी नगरपालिका–२ बस्ने २९ वर्षीया शोभा घिमिरेलाई हिजो बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत म्याग्दीको फैसलाले बैंकिङ कसूर मुद्दामा ६ महिना कैद र ७ लाख ७४ हजार ५ सय ४८ रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनीलाई खटिएको प्रहरीले उनकै घर ठेगानाबाट पक्राउ गरेको हो ।
पक्राउ परेकी घिमिरेलाई जिल्ला अदालत म्याग्दीमा उपस्थित गराईएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय म्याग्दी पठाईएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।