
१डिम्बको अवैध कारोबार गर्ने आफ्नै छोरीहरूलाई उन्मुक्ति दिदैं महान्यायाधिवक्ता सविता भण्डारी
२लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
३पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
४पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
५‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
६पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
७देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
८जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
९फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
१०माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
११जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
१२उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
६पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
९जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
१०विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
११जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
१२देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
पोखरा । पोखरा महानगरपालिका वडा नं. १८ मेथलाङ्गस्थित कच्ची सडक खण्डबाट एक कार तल खोंचमा खस्दा चालकको उपचारका क्रममा मृत्यु भएको छ । कारमा सवार दुईजनाको भने उपचार भईरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसीका अनुसार मृत्यु हुनेमा कारचालक नवलपरासी घर भई हाल पोखरा–९ न्यूरोडमा बस्ने ४४ बर्षीय बद्रीबहादुर खत्री रहेका छन् । बाँकी दुई जनाको भने उपचार भईरहेको र अवस्था सामान्य रहेको छ । कारमा चालकसहित तीनजना सवार रहेकोमा दुई महिलाहरु थिए । प्रहरीका अनुसार घाइते भएका महिलाहरुमा सपना घोताने र किरण अर्याल रहेका छन् ।
दिउँसो २ बजे एकजना युवतीसहित मेथलाङ्गको रक गार्डेनमा गएका उनले पछि अर्की युवतीलाई बोलाएका थिए । प्रत्यक्षदर्शीका अनुसार रक गार्डेनबाट साँझपख निस्किएका उनीहरु त्यहीँ मेथलाङ्गको अर्को रेष्टुरेण्टमा पुगेका थिए । त्यहाँबाट राती १०/११ बजे फर्किन लाग्दा गाडी उल्टो बाटो तर्फ लगेर भीरबाट खसेको प्रत्यक्षदर्शीले बताए । गाडी भीरबाट खसेपछि त्यहाँ रहेका युवतीहरु मध्ये १ जनाले प्रहरीलाई राती नै खबर गरेको विहानपख घाईते अवस्थामा भेटिएकी युवतीले बताएको स्थानीयहरुको भनाई छ ।
तर प्रहरी आएर खोज्दा कहीँ कतै नदेखेपछि राती प्रहरी फर्किएको थियो । मेथलाङ्गको डाँडाबाट गाडी यति तल खसेको थियो कि सजिलैसँग माथिबाट देख्न सकिदैंनथ्यो । विहानपख सोही गाडीमा सवार एकजना युवतीले प्रहरीलाई विहानपख पुनः खबर गरेपछि प्रहरीले घाईतेहरुको उद्धार गरेको थियो । रातभरी पानी परेको अवस्थामा मादक पदार्थ सेवन गरेर कार हाँक्न खोज्दा बद्रीले बाटो समेत ठम्याउन नसकेको आशंका स्थानीयले गरेका छन् ।
आज विहान करिब ६ बजे ग१च ७२३४ नम्बरको कार आफैं अनियन्त्रित भई सडकबाट दुईसय मिटर तल खोंचमा खसेको प्रहरीको भनाई छ । तर स्थानीयहरुले उनीहरु राती रेष्टुुरेण्टबाट १०/११ बजेको समयमा निस्किएको बताएका छन् । । के कारणले गाडी अनियन्त्रित भयो वा गाडीमा सवारहरुले मादकपदार्थ सेवन गरेका थिए वा थिएनन् भन्ने विषयमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । यो घटना मदिरा सेवन गरेर अचेत अवस्थामा बाटो बिराउँदा भएको दुर्घटना थियो वा सुनियोजित थियो भन्ने विषयमा प्रहरीले पक्राउ परेका युवतीहरुसँग र दिनभर भएका त्यहाँका गतिविधिहरुको बारेमा अनुसन्धान गर्नुपर्ने देखिन्छ ।
मेथलाङ्ग डाँडा वरपर रहेका अधिकांश रेष्टुरेण्टहरुमा प्रहरी चेकिङ पनि नहुने र पोखराबाट आवात–जावात गर्न सजिलो हुने भएकोले त्यहाँ रमाईलो गर्ने बाहनामा विभिन्न अन्य गतिविधिहरु खुलेआम हुने गर्दछन् । स्थानीयहरुका अनुसार प्रहरीले त्यस ठाउँमा शुक्रबार र शनिबारको समयमा चेकिङ राम्रोसँग गर्ने र गलत गतिविधि हुने होटल तथा रेष्टुरेण्टहरुमा छापा मार्ने हो भने यस्ता घटनाहरु नदोहोरिने स्थानीयहरु नै बताउँछन् ।
मोजमस्तीका साथै गलत गतिविधिहरु गर्नेहरुका लागि मेथलाङ्ग वरपरका होटल तथा रेष्टुरेण्टहरु सुरक्षित गन्तव्य बनेका छन् । समयमा नै जिल्ला प्रहरी कार्यालय कास्कीले त्यस क्षेत्रमा आफ्नो उपस्थिति र अनुगमन नबढाउने हो भने अन्य ठुला दुर्घटनाहरु नहोलान् भन्न सकिन्न ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई