
१रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
४पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
५गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
९कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
६रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
७सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
१०चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) पूर्वाञ्चल विश्वविद्यालय उपत्यका जिल्ला समितिले हिलसाइड कलेज अफ इन्जिनियरिङलाई कारवाहीको माग गरेको छ ।
आज (बिहीवार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कलेजले विद्यार्थीलाई धम्की दिएर गुण्डागर्दी शैलीमा परीक्षा दिनबाट बञ्चित गराएकोमा कारवाहीको माग गर्दै २४ घन्टाभित्र विद्यार्थीको माग पुरा गर्न चेतावनी दिएको छ ।
अखिल क्रान्तिकारीका पूर्वाञ्चल विश्वविद्यालयका इन्चार्जसमेत रहेका केन्द्रीय सचिवालय सदस्य लोकेन्द्र सार्कीले विश्वविद्यालयको नियमानुसार कलेजलाई दण्ड तथा सजाय गर्नुपर्ने माग गरेका हुन् । विद्यार्थी नेता लोकेन्द्रले भने,‘विश्वविद्यालयको नियमानुसार कलेजलाई दण्ड, सजाय र कारबाही दुवै हुनुपर्छ ।’
विद्यार्थीको माग सुनुवाई नगरेपछि आफूहरुले ताला लगाएको तर, प्रहरी लगाएर ताला खुलाएको भन्दै कडा कदम चाल्ने चेतावनी दिए । ‘विद्यार्थीको गुनासो आएपछि ज्ञापनपत्र बुझायांै, तर सुनुवाई नभएपछि ताला लगायांै, तर ताला कलेज प्रशासनले आफुखुशी प्रहरी लगाएर खोल्यो’–उनले भने । कलेज प्रशासनले गुण्डागर्दी शैलीलाई निरन्तरता दिँदै छलफलमा आफ्नो संगठनलाई नबोलाएको समेत गुनासो गरे ।
कलेजका निर्देशक ध्रुव थापाको राजीनामा माग गर्दै उनले भने,‘कलेजका निर्देशक धु्रव थापाले राजिनामा गर्नुपर्छ ।’ कलेजले कोभिडको समयमा विद्यार्थीसँग लिएको रकम फिर्ता गर्नुपर्ने उनको भनाई थियो ।
कार्यक्रम संचालन गर्दै अखिल क्रान्तिकारीका महासचिव प्रकाश शाहीले काठमाडौंको बालकुमारीमा सञ्चालित हिलसाइड कलेजले विश्व विद्यालयको निर्देशिकासमेत लत्याएर अध्ययन शुल्क समयमा तिर्न नसकेको कारण विद्यार्थीलाई धम्काउने गरेको बताए । उनले भने,‘समयमा शुल्क तिर्न नसकेको कारण विद्यार्थीको बेइज्यत गरीयो र परीक्षा दिनबाट समेत बन्चित गरियो ।’
उनले आफ्नो संगठनको माग कलेज प्रशासनले बेवास्ता गरेको समेत आरोप लगाए । समस्या समाधानको ढिलासुस्ती वा वेवास्ताले विद्यार्थीहरु आक्रोशित भई हुने अप्रिय घटना भएमा कलेज प्रशासन र विश्वविद्यालय जिम्मेवार हुनुपर्ने उनको भनाई थियो ।
सिटिइभिटी इन्चार्ज तथा अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य मिलन राईले पुर्वाञ्चल विश्व विद्यालयले लिने प्रवेशिका परीक्षा अगावै विद्यार्थीबाट लाखौ रकम लिएर भर्ना गरेको भन्दै हिलसाइड कलेजले नियमविपरित परीक्षा फर्म लिई ठगेको आरोप लगाए ।
उनले विद्यार्थीको प्रवेशपत्र दिन कलेजले ढिला गरेको सुनाए । विद्यार्थीबाट अग्रिम बुकिङ भन्दै लिएको रकम फिर्ता हुनुपर्ने उनको माग थियो । उनले नियमविपरीत विद्यार्थीमाथि गरेको ज्यादती अनियमितता र लुटको छानबिन गरी तत्काल कारबाही गर्नसमेत माग गरे ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान