News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

झोलुङ्गे पुल निर्माण गर्ने क्रममा मजदुरको मृत्यु

बागलुङ । झोलुङ्गे पुल बनाउने क्रममा लडेर बागलुङमा एक मजदुरको ज्यान गएको छ । बागलुङ निसिखोला गाउँपालिका वडा नं. ७ राजकुटस्थित सेम्कादेखि चोलाङ जोड्ने झोड्ने पुल निर्माण गर्ने क्रममा खसेर २६ वर्षे बीरे गुरुङको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

आज विहान करिब साढे १० बजेको समयमा गोरखा धार्चो गाउँपालिका वडा नं. २ केरौजावेसी घर भई हाल वागलुङमा पुल निर्माण गर्ने कार्यमा मजदुरी गर्दै आएका गुरुङ पानीको पाईप जोड्ने क्रममा ढुङ्गामा चिप्लिन गई अन्दाजी ३५÷४० मिटर तल खस्दा घटनास्थलमा नै मृत्यु हुन पुगेको प्रहरीले जनाएको छ ।