News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

यौन शोषण गर्न लगाएको आरोपमा दुईजना पक्राउ

'एस.के. खाजा घर पोखरा-१० का सञ्चालक सोनाम र रोशनलाई ७ दिनको म्याद थप'

पोखरा । मानव बेचबिखन तथा ओसारपसारको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले रोजगारीको प्रलोभनमा पारी र डरत्रास देखाएर यौन शोषण गर्न लगाएको आरोपमा पोखरा वडा नं. १२ अमरसिंहचोकस्थित एस.के. खाजा घरका सञ्चालकलाई पक्राउ गरेको हो ।

प्रहरीले खाजा घर सञ्चालक पोखरा वडा नं. १२ अमरसिंहचोकका ५३ बर्षीया सोनाम गुरुङ र पोखरा वडा नं. २७ रिट्ठेपानी बस्ने ३२ बर्षीय रोशन गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यलाय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले साउन १५ गते सोनाम र रोशनलाई पक्राउ गरेको थियो । पक्राउ परेका दुवैजनालाई मानव वेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । साथै पीडित महिलाहरुलाई मनोपरामर्श गअनुसन्धान भईरहेको साथै पिडित महिलालाई मनोपरामर्श गरी आफन्तको जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।

डनन्यूज ट्रेन्डिङ