
१रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
२सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
३महान्यायाधिवक्ता सविता भण्डारीको हर्कतहरु, ७ अर्ब रुपैयाँको राजश्व छलिमा वर्ल्डलिंकलाई क्लिन चिट
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५पाल्पामा टिप्पर दुर्घटना, चारजनाको मृत्यु
६चैत १३ मा प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
७मक्किएको काँग्रेसलाई बचाउन खोज्दा खोज्दैं आफैं ढले गगन थापा, दिए सभापति पदबाट राजीनामा
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा ५५ मध्ये ३४ जना प्रतिवादी उपस्थित
९मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दुईजना मानिस पक्राउ
१०ढोरपाटनमा दादुरा प्रकोप, ३० जना अझै अस्पतालमा, नियन्त्रणका लागि खोप अभियान
११जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
१२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
६बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
७धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
८बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
९आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
१०धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
११बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
१२कास्की–२ मा निर्दोष पौडेलको उम्मेदवारी फिर्ता
पोखरा । सुन भन्दै पहेँलो धातु देखाई ठगी गर्ने सातजनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले पहेँलो धातु बोकेर सुन भनी ठगी गर्न हिँडेको ७ जनाको समूहलाई हिजो पक्राउ गरेको हो ।
पोखरा महानगरपालिका वडा नं. ८ सिर्जनाचोकस्थित पर्वत सुनचाँदी पसलमा कालिगढको रुपमा काम गर्ने भुवन विक समेतको यो समूहले ठगी गर्न हिडिरहेको अवस्थामा बुधबार दिउँसो ४ बजे पोखरा वडा नं. २ मिरुवाबाट नक्कली सुनसहित पक्राउ गरेको हो । मिरुवास्थित बिमला दमाईको कोठाबाट प्रहरीले सुन जस्तो देखिने पहँेलो धातु र विभिन्न कम्पनीको मोवाईल ७ थान बरामद समेत गरेको छ ।
यसरी पक्राउ पर्नेहरुमा म्याग्दी जिल्ला रघुगंगा गाउँपालिका वडा नं. ३ राखु घर भई हाल पोखरा वडा नं. २ मिरुवा बस्ने ४२ वर्षीया बिमला दमाई, रुपन्देही जिल्ला देबदह नगरपालिका वडा नं. ५ नमुनाटोल घर भई हाल पोखरा ५ फिर्केपुल बस्ने ३५ वर्षीय विशाल थापा मगर, कास्की अन्नपूर्ण गाउँपालिका वडा नं. ३ पाउदुर घर भई हाल पोखरा २ मिरुवा बस्ने ४४ वर्षीय गणेशबहादुर दर्जी र रामेछाप जिल्ला सुकाजोर नगरपालिका वडा नं. ७ वृता घर भई हाल पोखरा १० रामबजार बस्ने २३ वर्षीया अनिल भुजेल रहेका छन् ।
यसैगरी पक्राउ पर्नेहरुमा सर्लाही जिल्ला बागमती नगरपालिका वडा नं. १ डापडाँडा घर भई हाल पोखरा १० रामबजार बस्ने ४२ बर्षीय ईन्द्रबहादुर बलम पाकी, चितवन टाडी नगरपालिका वडा नं. २ घर भई हाल पोखरा ८ सिर्जनाचोक बस्ने ३४ बर्षीय भुवन विक र चितवन जिल्ला राप्ती नगरपालिका वडा नं. ९ घर भई हाल पोखरा १० रामबजारस्थित कृष्णमन्दिर नजिकै बस्ने ३५ बर्षीय प्रकाश परियार रहेका छन् ।
प्रहरीले बरामद गरेको ६५४ ग्राम पहेँलो धातु सुनचाँदी व्यवसायी संघ कास्कीमा परीक्षण गर्दा नक्कली भएको पत्ता लागेको थियो । नक्कली सुन बोकेर मानिसलाई झुक्याई बेचबिखन गर्ने उद्देश्य एवं षडयन्त्र गरेको भन्दै कास्की प्रहरीले मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ अन्तर्गत ठगी, अपराधिक, विश्वासघात तथा अपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष