
१मेडिकल पसलबाट लागुऔषध कारोबार गर्ने अमिसा पक्राउ
२नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
३आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
७डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
८ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
९पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१०डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
११पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
१२विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले व्यवसायीसहित प्रदेशका सबै नागरिकलाई खोप दिलाउन सरकार निरन्तर लागिरहेको बताएका छन् । पोखरा उद्योग वाणिज्य संघले संक्रमणको जोखिममा रहेका उद्योगी व्यवसायीहरुलाई कोभिड १९ खोपको प्राथमिकताको सूचीमा राख्न माग गर्दै मुख्यमन्त्री पोखरेललाई ज्ञापन पत्र नै बुझाएका छन् ।
‘सरकारको पहिलो प्राथमिकता खोप नै हो,प्रदेश सरकारले खोपकै लागि बजेट पनि विनियोजन गरेको छ’, मुख्यमन्त्री नेपालीले भने,‘तर, प्रदेश तहबाट खोप खरिदको बाटो नखुल्दा र खोपको मात्रा केन्द्रले नै तोक्ने हुँदा सबैलाई समयमा खोप दिन नसकिएको हो ।’
गण्डकीका कानून, संचार तथा प्रदेश सभा मामिलामन्त्री विन्दुकुमार थापाले व्यवसायीहरुको लागि खोप दिने कार्य सुरु गर्नेतर्फ प्रदेश सरकारले पहल गरेको जानकारी दिए । खोप प्राप्त भएपछि अर्थतन्त्रले गति लिन्छ भन्नेमा प्रदेश सरकार सहमत भएको उनको भनाई थियो ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले प्रधानमन्त्री शेरबहादुृर देउवाले खोपलाई प्राथमिकतामा राख्नु सकारात्मक भएको बताउँदै यथासक्य छिटो व्यवसायीलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् । उनले व्यवसायीहरुको लागि निश्चित मात्रामा खोप छुट्याएर पोखरा प्रदर्शनी केन्द्रमै खोप लगाउने व्यवस्था मिलाउन पनि आग्रह गरेका छन् ।
नेपाल पर्यटन बोर्डका पूर्वसदस्य गणेशबहादुर भट्टराईले करदातालाई खोपको प्राथमिकतामा नराख्नु दुर्भाग्यपूर्ण भएको बताउँदै खोपको लागि प्रशासन गुहार्नुपर्ने बाध्यता हट्नुपर्ने विचार व्यक्त गरे । अन्तरक्रिया कार्यक्रममा बोल्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई, पूर्वअध्यक्ष चिरञ्जिवी पोखरेल, पोखरा पर्यटन परिषद्का सचिव रामचन्द्र शर्मा, पोउवा संघका कार्यलगायतले व्यवसायीहरुको लागि कम्तिमा २० हजार डोज खोप उपलब्ध गराउन सरकारसँग आग्रह गरेका थिए ।