News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

गण्डकी प्रदेश प्रमुखबाट सीता हटिन् पृथ्वीमान आए

गण्डकीको प्रदेश प्रमुखमा पृथ्वीमान सिंह गुरुङ र लुम्बिनीमा अमिक शेरचन

काठमाडौं । गण्डकी प्रदेश प्रमुख सीता पौडेललाई हटाएर सरकारले पृथ्वीमान सिंह गुरुङलाई सिफारिस गर्ने तयारी गरेको छ । आज मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेशमा गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादवलाई हटाएर अमिक शेरचनलाई सिफारिश गर्ने भएको हो । यस अघि खड्गप्रसाद ओलीको सरकारले गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनलाई हटाएर सीता पौडेललाई नियुक्त गरेको थियो ।

सत्तारुढ गठबन्धनभित्र माओवादीलाई गण्डकी प्रदेश प्रमुख, प्रदेश नं. २ को प्रमुखमा जनता समाजवादी (जसपा), लुम्बिनी प्रदेशमा कांग्रेसलाई दिने सहमति भएको छ । यता, संविधानको धारा १६३ को उपधारा ४ बमोजिम एउटै व्यक्ति एकपटक भन्दा बढी एकै प्रदेशमा प्रदेश प्रमुख नियुक्त हुन मिल्दैन । सोही कारणले नेता शेरचनलाई मन्त्रिपरिषद्ले पुनः सिफारिस गर्दा उनलाई लुम्बिनी प्रदेशमा नियुक्त गर्न लागिएको हो ।

प्रदेश प्रमुखको नियुक्ति सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया

डनन्यूज ट्रेन्डिङ