
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकीमा धार्मिक पर्यटनको सम्भावना अत्यधिक भएको भन्दै यसको प्रवद्र्धनका लागि सरकार क्रियाशील हुने बताएका छन् ।
पुम्दीकोट विकास समितिले पोखरा २२ मा बनाउँदै गरेको विशाल महादेव मुर्ति अवलोकनपछि सोमबार उनले पर्यटन र कृषि नै प्रदेश समृद्धिको आधार भएकाले त्यसै अनुसारको योजना बनाएर अगाडि बढ्ने भनाइ राखे ।
उनले नवलपुरको गजेन्द्रमोक्ष धाम देवघाट, पुम्दीकोट हुँदै मुक्तिनाथसम्मको क्षेत्रलाई धार्मिक करिडोरका रुपमा विकास गर्नुपर्ने उनको भनाइ थियो । जनस्तरबाट सुरु गरेर यति ठूलो लगानीमा काम भएकामा प्रशंसा गर्दै विगतमा वर्षमा जस्तै प्रदेश सरकारको सहयोग निरन्तर रहने उनले बताए । प्रदेश सरकारले यो वर्ष पनि ५० लाख रुपैयाँ पुम्दीकोटका लागि छुट्याएको छ ।
पुम्दीकोट पुग्ने बाटाका बारेमा सम्बोधन गर्दै उनले भने, ‘पुम्दीकोटका महत्वलाई बुझेर क्षमता अनुसार सहयाग साथै आसपासका बाटोका लागि संघ सरसँग समन्वय हामीले गर्ने छौं ।’
अर्थमन्त्री रामजीप्रसाद बराल जीवनले पुम्दीकोट पुग्ने बाटो निर्माण प्राथमिकतामा राख्नुपर्ने बताए । धार्मिक पर्यटकीय केन्द्रका रुपमा स्थापित पुम्दीकोटमा मन्दिरका लागि सरकाररले अझै रकम थप्नुपर्ने पनि उनको भनाइ थियो । ‘यो लगानीले रिटर्न दिन्छ, सबै दलहरु यसमा प्रतिबद्ध छन्, राज्यस्तर र जनस्तरबाट लगानी भएको परियोजनालाई सार्थक बनाउने जिम्मा पनि हाम्रै हो ।’ कार्यक्रममा मन्त्रीहरु कुमार खड्का, मेखलाल श्रेष्ठ, बिन्दुकुमार थापा, चन्द्रबहादुर बुढा, दीपक थापा सहभागी थिए । मुख्यमन्त्रीसहित मन्त्री र सांसदको टोलीले मुर्ति निर्माणस्थलको अवलोकन गरेको थियो ।
कार्यक्रममा गण्डकी प्रदेश सभामा नेपाली कांग्रेस सचेतक ओमकला गौतमले पर्यटन प्रवद्र्धनबाटै समृछि सम्भव भएको र धार्मिक केन्द्रहरुको निर्माणले यसमा अझै टेवा पुग्ने बताइन् ।
समितिका अध्यक्ष चन्द्रकान्त बरालले जनस्तरबाट थालेको प्रयासले अहिले विशाल रुप लिएको भन्दै विश्वकै पर्यटकहरु आकर्षण गरिने थलो भएको सरकारीस्तरबाट समेत थप सहयोगको अपेक्षा गरे । पुम्दीकोटलाई शिवधामका रुपमा स्थापित गरी धार्मिक केन्द्रका रुपमा विकास गरेमा स्वभाविक रुपमा आम्दानी बढेर जाने उनको भनाइ थियो ।
कांग्रेस नेता खेमराज पौडेलले पोखरा बजार नजिकै रहेको पवित्रस्थल पुम्दीकोटमा बन्दै गरेको संरचनाले गण्डकी प्रदेशकै मुहार फेर्न विश्वास व्यक्त गरे । वडाध्यक्ष मित्रलाल बरालले पुम्दीकोट पुग्न धेरै सडक भए पनि एउटै पनि पिच नहुँदा समस्या परेको बताए । पुम्दीकोट विकास समिति उपाध्यक्ष हिमलाल बरालले सबैको सहयोगबाट पुम्दीकोट यो अवस्थामा पुगेको भन्दै आगामी दिनमा समेत सहयोगको अपेक्षा गरे ।
समितिका सचिव प्रकाश बरालले पुम्दीकोटको ऐतिहासिक पक्षबारे जानकारी गराउँदै प्रदेश सरकारले यसको स्वामित्व लिएर प्रवद्र्धमा जोड दिन आग्रह गरे ।
आर्किटेक्ट इन्जिनियर बाबुराम बरालले युवा इन्जिनियहरुको साथ लिएर सबै खालका अध्ययनपछि पुम्दीकोटमा यति ठूलो संरचना निर्माण गरिएको बताए उनले भने,‘म आफै इन्जिनियर हो, यसमा धेरै युवा साथीहरुको साथ लिएका छौं, पुम्दीकोटलाई शिवमय, शिवलोक, शिवधामका रुपमा स्थापित गर्न हामी क्रियाशील छौं ।’ प्रविधि नेपालकै भए पनि महादेवको मुर्ति भने भारतबाट मगाउनु परेको उनले बताए ।
भारतको मथुराबाट ल्याइएको मुर्ति रेनफोर्स फाइबरको रहेको र यो कम्तीमा पनि सय वर्ष टिक्ने बताए । आगामी दिनमा पल्तिरको डाँडामा कुमार र पार्वतीको मुर्ति बनाउने लक्ष्य रहेको भन्दै उनले शिव म्युजियम बनाउने लगायतका योजना सार्वजनिक निजी साझेदारीमा गर्न सकिने भनाइ राखे । पुम्दीकोटमा राखिएको महादेवको मुर्ति ५५ फिट अग्लो छ । अध्यक्ष बरालले अहिलेसम्म ७५ प्रतिशत काम सकिएको र २५ प्रतिशत काम पनि छिटै सकिने बताए ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन