
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
५भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
६गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
७सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
८रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
९पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
१०सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
११तिब्बतर्फ ताल पुन: फुट्यो
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
पोखरा । गण्डकी प्रदेशमा आज मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्री परिषद् विस्तार गरेका छन् । तर सहमति विपरित मुख्यमन्त्री पोखरेलले काम गरेको भन्दै जनता समाजवादी पार्टीले आज भएको सपथ ग्रहण कार्यक्रम नै बहिष्कार गरेको छ ।
११ वटा मन्त्रालय रहेको गण्डकी प्रदेशमा सत्ता साझेदार दलबीच यसअघि काँग्रेसका ४, माओवादी केन्द्रका ४, जनता समाजवादीका २ र स्वतन्त्र सांसद राजीव गुरुङ (दिपक मानाङ्गे)लाई एउटा मन्त्रालय दिने सहमति भएको थियो । अर्थ मन्त्रालयमा दावी गरिरहेको जसपाले अन्य मन्त्रालयमा नैं सहमति जनाए पनि मुख्यमन्त्री पोखरेलले जसपाका थप एक सांसदलाई मन्त्री बनाउने भनेर गरेको सहमति उल्लंघन भएपछि विरोध चर्किएको हो ।
आज भएको मन्त्रिपरिषद् विस्तारमा कांग्रेसबाट मणिभन्द्र शर्मा पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, कांग्रेसका मेखलाल श्रेष्ठ शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकास मन्त्री, माओवादीका रामजी बराल अर्थ मन्त्री र माओवादीकैं चन्द्रबहादुर बुढा भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री नियुक्त भएका छन् ।
त्यसैगरी कांग्रेसका तर्फबाट बिन्दुकुमार थापा कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री र माओवादीबाट दीपक थापा वन, वातावरण तथा भूसंरक्षण मन्त्री नियुक्त भएका छन् । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको सपथ आज नै लिईसकेका छन् ।
गत जेठ २९ गते मुख्यमन्त्री नियुक्त भएका पोखरेलले सत्तारुढ गठबन्धनका दलहरुसँग मन्त्रालयको भागवण्डा मिल्न नसक्दा मन्त्रिपरिषद्को थप विस्तार गर्न सकिरहेका थिएनन् । मुख्यमन्त्री नियुक्त हुँदा सपथ लिएका अन्य ४ मन्त्री मध्ये दुई मन्त्रीले एक महिनापछि मात्र मन्त्रालयको जिम्मा लिन सहमत भएका थिए ।
गत जेठ २९ मा मुख्यमन्त्री नियुक्त भए पनि पोखरेलले मन्त्रालय बाँडफाँटमा सहमति जुटाउन नसक्दा आजसम्म मन्त्रिपरिषदले पूर्णता पाएको थिएन । यस अघि भएको मन्त्रिपरिषद् विस्तारमा जसपाका हरिशरण आचार्य ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री र स्वतन्त्र सांसद राजिब गुरूङ युवा तथा खेलकूद मन्त्री भएका थिए । माओवादीका तर्फबाट मधु अधिकारी यसअघि नै स्वास्थ्य तथा जनसंख्या मन्त्री भएकी थिइन् ।
गण्डकी प्रदेशको मन्त्रिपरिषद् :
१.कृष्णचन्द्र नेपाली पोखरेल, मुख्यमन्त्री,
२.कुमार खड्का, भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था
३.रामजी बराल, अर्थ
४.हरिशरण आचार्य, उर्जा, जलस्रोत तथा खानेपानी
५.राजिव गुरुङ, युवा तथा खेलकुद
६.मणिभद्र शर्मा, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति
७.मेखलाल श्रेष्ठ, शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास
८.मधु अधिकारी गुरुङ, स्वास्थ्य तथा जनसंख्या
९.चन्द्रबहादुर बुढा, भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण
१०.विन्दुकुमार थापा, कानून, सञ्चार तथा प्रदेश सभा मामिला
११.दिपक थापा, वन वातावरण तथा भूसंरक्षण
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
५भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता