
१संघर्षको साटो सहयोग तथा सहजीकरण गर्न मेयरको अपिल
२‘विकल्पविहीन अवस्थामा नहट्ने’ अडान
३लिपुलेक विवादः नेपालद्वारा भारत र चीनलाई ६ बुँदे ‘कूटनीतिक नोट’, भारतले भन्यो-‘दाबी अस्वीकार्य’
४बालिकाको मुन्द्रा चोरी गर्ने अम्बिका पक्राउ, १८ वटा मुद्दामा फरार
५आफ्नै छोराले गरे ‘गलबन्दी’ले घाँटी थिची बाबुको हत्या
६अध्यादेशको दायरा बाहिर गभर्नर र सरकारी बैंकका उच्च पदाधिकारी : पद यथावत रहने
७राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी पदमुक्त, विशेष अध्यादेश जारी
८राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
९फेवातालमा डुबेर १० वर्षीय बालकको मृत्यु
१०सुकुको हत्यामा जन्मकैद भएका सञ्जय जेनजी आन्दोलनमा जेलबाट भागेर नवलपुरमा लिए जिउनरामको ज्यान
११अध्यादेशले खोस्यो ठगहरूको राजनीतिक ‘सुरक्षा कवच’
१२सहकारी क्षेत्रमा आमूल परिवर्तन
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
६सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
७पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
८रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
९अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
१०पोखराका मेयरले हौसियर ‘बढि गफ’ लगाउँदा गृहमन्त्री विवादमा
११सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा बाबु–छोरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
तनहुँ । तनहुँ जिल्लाको मध्य–पश्चिम क्षेत्रमा फैलिएको भिमाद नगरपालिका यतिबेला केही टोले गुन्डाका कारण आतंकित बन्न पुगेको छ । राजनीतिक दलहरु नेकपा एमाले र कांग्रेसबाट संरक्षण प्राप्त हुँदा टोले गुन्डाहरुले आतंक मच्चाई रहेका छन् ।
लागूपदार्थ सेवन गरी भीमाद बजार नै आतंकित हुने गरी सर्वसाधारणको घरको सिसा फुटाउने र झैझगडा गरिरहँदा पनि प्रहरी टुलुटुलु हेर्न विवश छ । उल्टै टोले गुन्डाहरुले त्यहाँ पुगेका प्रहरीमाथि नै जाई लाग्दा समेत आजसम्म तनहुँ प्रहरीले कसैलाई पक्राउ गर्न सकेको छैन ।

टोले गुन्डा रसिद मियाँ कांग्रेस प्रवेश गर्दै गर्दाको फाईल तस्विर ।
त्यस ठाउँमा थोरै संख्यामा रहेका प्रहरी ती टोले गुन्डाका अगाडि जहिले पनि निरिह सावित भईरहेका छन् । राती नदी तथा खोलाहरुको उत्खनन् गर्दा रोक्न पुग्ने प्रहरीलाई उल्टै टोले गुन्डाको समूहले लखेट्ने गरेको स्थानीयहरु बताउँछन् । आजसम्म पनि त्यहाँ प्रहरीले ढुक्कसँग सवारी चेकजाँच गर्न सकेको छैन । बिना हेलमेट र तीनजनासम्म टोले गुन्डाहरु लागूऔषध सेवन गरी मनपरी गर्दै बाईक कुदाउँदा समेत ड्युटीमा खटिएका प्रहरीले रोकेर कारवाही गर्न सक्ने स्थिति नैं नरहेको स्थानीयहरु बताउँछन् ।

टोले गुन्डा सुरज नेपाली, भिमाद नगरपालिकाका मेयर मेखबहादुर थापा र एमालेका नेता किरण गुरुङसँग ।
असार ७ गते मंगलबार मध्यरातमा मच्चाईएको आतंकले यतिबेला भिमादवासी झनै त्रसित भएका छन् । त्यस दिन राती साढे ११ बजे शितलचौतारी भन्ने स्थानमा मदिरा सेवन गरी बसेका बाघटारका युवा समुह र भिमाद कै अर्को समूह बिच झडप भएको थियो । झडपमा एक समुहको नेतृत्व गरी आएका म्यादे गाउँपालिकाका अमर राना माथि खुकुरी प्रहार भएको थियो ।
रानामाथी आक्रमण भएपछि उनी पक्षधर करिव एक दर्जन अराजक युवाहरुको समुहले मध्यरातको समयमा भिमाद बजारको केन्द्रबिन्दु मैं रहेको रत्नचोकमा स्थानीयवासीको घरहरुमा ढुङ्गामुढा गरी झ्याल तथा ढोकाहरु फुटाएका थिए । स्थानीयवासीले खवर गरेपछी आइपुगेको ईलाका प्रहरी कार्यालय भिमादको टोली माथी नैं ती टोले गुन्डाहरु जाई लागेका थिए । जहिल्यै पनि त्रसित अवस्थामा रहेको प्रहरी टोलीले आफैंमाथि आक्रमण हुँदा समेत कसैलाई पक्राउ गर्न सकेन र थप मद्दतका लागि ईलाका प्रहरी कार्यालय बेलचौतारालाई गुहार माग्न पुग्यो । त्यतिबेलासम्म टोले गुन्डाहरु त्यहाँबाट भागिसकेका थिए ।
रत्नचोक मैं भाडामा बस्दै आएका बाघटार युवा समुहका सुरज नेपाली बस्ने घरका अतिरिक्त सो वरपरमा ५ वटा घरमा मध्यरातमा ढुङ्गा हानिएको थियो । मध्यरातको समयमा भिमाद बजार नै आतंकित हुने गरी मदिरा सेवन गरेका टोले गुण्डाहरुले तोडफोड गर्नुका साथै अपशब्द र अश्लिल गाली सुन्नै नसकिने गरी बर्षाएका थिए । यसरी मध्यरातमा आतंक मच्चाउने घटनाको नेतृत्व केही समय पहिले मात्रै कांग्रेस प्रवेश रसिद मिया र आफुलाई ज्ञानेन्द्र शाहीको अभियन्ता बताउने मनोज ज्वाहरचनले गरेका थिए । सो घटनामा मालेबगरका प्रताप श्रेष्ठ, बिष्णु थापा क्षेत्री र प्रताप मल्ल लगायतको संलग्नता रहेको थियो ।

‘आधा दर्जन टोले गुन्डाका कारण त्रसित छ भिमाद बजार’ : यो टोले गुन्डाको समूहलाई तत्कालै नियन्त्रणमा नलिने र यिनीहरुलाई राजनीतिक संरक्षणबाट नअलग्याउने हो भने गुन्डागर्दी झनै मौलाउँदै जानेछ । भिमादमा गुन्डागर्दी नियन्त्रण गर्न प्रहरीको संख्या बढाउनुका साथै यिनीहरुको हरेक धन्दामा निगरानी र कारवाहीको दायरामा ल्याउन आवश्यक छ ।
घटनाको केही समय पछि बेलचौताराबाट थप टोली आएता पनि सो समयमा घटनामा संलग्नहरु भागिसक्नु र हालसम्म घटनामा संलग्न कोही पक्राउ पर्न नसक्नुलाई ईलाका प्रहरी कार्यालय भिमादको निरीहता हो वा गुण्डा संरक्षणमा संलग्नता भन्नेमा स्थानीयवासीले प्रश्न उठाई रहेका छन् । राजनीतिक दवावका कारण प्रहरीले पक्राउ नगरेको हो कि भन्ने प्रश्नमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी अरुण पौडेलले भने–‘जसका विरुद्धमा हामीले जाहेरी लिएर बसेका छौं, नत्र त जाहेरी लिन पनि मान्थेनौं होला नि त ? झगडामा सामेल हुने दुईवटै समूहलाई कारवाहीको दायरमा ल्याउनु भनेर निर्देशन दिई सकेको छु । भागेर यिनीहरु सधैं कहाँ बस्छन् र ? सधैं भरी भागे भने त त्यहीँ सजाय नै भयो नि ?’

काङ्ग्रेस नेता मिनेन्द्र रिजाल, ऋषिङ गाउँपालिका तनहुँका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठसँग टोले गुन्डाहरु प्रताप श्रेष्ठ र बिष्णु थापा क्षेत्री ।
ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठलाई घटनामा संलग्न टोले गुन्डाहरु प्रताप श्रेष्ठ, रसिद मिया र बिष्णु थापा क्षेत्री लगायतका टोलीलाई संरक्षण गर्दै आएको आरोप स्थानीयवासीले लगाएका छन् । यस विषयमा अध्यक्ष श्रेष्ठले भने–‘ नजिकको कार्यकर्ता त्यो आफ्नो ठाउँमा होला । तर अपराध गर्नेलाई कसले संरक्षण गर्छ । मेरो आफ्नो मान्छे होस् वा पार्टीको मान्छे होस् । अपराध गर्ने र नचाँहिदो काम गर्ने मान्छेलाई हामी कहाँ संरक्षण गर्छौं र ?’
भिमाद नगरपालिका तनहुँका मेयर मेखबहादुर थापालाई टोले गुन्डा सुरज नेपालीलाई संरक्षण गर्ने गरेको आरोप लाग्ने गरेको छ । यस विषयमा मेयर थापाले भने–‘३८ हजार जनसंख्या सबै मेरा जनता हुन् । गल्ती गर्ने मान्छे मेरो कोही हुँदैन । मेरो छोरा पनि हुँदैन । मेरो स्वास्नी पनि हुँदैन । म संविधान अनुसार चल्ने मान्छे हो । सुरज भन्नेले गल्ति गरेको छ कि छैन प्रहरीसँग भेरिफाई गर्ने हो, मसँग होइन ?’

टोले गुन्डा सुरज नेपाली एमालेका नेता किरण गुरुङसँग
भिमाद बजारमा यस अघि पनि यी टोले गुन्डाहरुले आमसर्वसाधारणलाई आतंकित र भयवित बनाउँदै आईरहेका थिए । यस विषयमा स्थानीयवासीले प्रहरीलाई यस्ता गलत क्रियाकलापहरु नियन्त्रणमा लिन पटक–पटक अनुरोध गरे पनि प्रहरी प्रशासनले वेवास्ता गर्दै आईरहेको थियो । एकातिर राजनीतिक संरक्षण र अर्को तिर स्थानीय ठाउँमा प्रहरीको न्यून उपस्थिति यी दुवैको फाईदा उठाउँदै भिमाद क्षेत्रमा टोले गुन्डाहरुको अराजकता बढ्दै गईरहेको छ ।
समयमा नैं यसलाई नियन्त्रण गर्नका लागि जिल्ला प्रहरी कार्यालय तनहुँले थप प्रहरीको संख्या बढाउनु पर्ने देखिन्छ । साथै जिल्ला प्रहरी कार्यालय तनहुँमा आउने प्रहरी प्रमुखले बेला–बेलामा यस ठाउँमा अनुगमन गर्ने गरिदिए सुरक्षित भएर बाँच्न पाईन्थ्यो कि भन्ने आशा स्थानीयवासीले गरेका छन् । अहिले झडप गरेका टोले गुन्डाहरु ठेक्कापट्टा लगायतका धन्दामा एक भएर काम गर्छन् । कुरा नमिल्दा आ-आफैं झगडा गर्ने यिनीहरुले सर्वसाधारण जनतामा आतंक सिर्जना गराएका छन् ।
यतिबेला तनहुँ प्रहरी प्रमुख परिवर्तन भएको अवस्था छ । अब आउने प्रहरी प्रमुखले सबैभन्दा पहिला यो ठाउँका जनतासँग यस विषयमा बुझ्ने र शान्ति सुरक्षा कायम गर्ने आशा स्थानीयवासीहरुले राखेका छन् । हेरौं, अब आउने तनहुँ प्रहरी प्रमुखले टोले गुन्डाको आतंकबाट त्रसित जनताको गुनासो सुन्छन् कि तनहुँको सदरमुकाममा मात्र बसेर शान्ति सुरक्षाको रटान दोहोर्याउछन्, त्यो प्रतिक्षाको विषय नै रहेको छ ।
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म