
१प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
२रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
३रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
४नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
५प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
६सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
७‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
८कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
९हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
१०किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
११लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
१२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
१०जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
११पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौ । ‘स्वस्थ, स्वच्छ, स्वतन्त्र र मर्यादित पत्रकारिता, श्रम अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता’ भन्ने नारा दिएर श्रमजीवी–पत्रकार संघ, नेपाल गठन भएको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा दर्ता भएको संघको नेतृत्व श्रमजीवी पत्रकारका नेता जन्मदेव जैसीले गरेका छन् ।
२१ सदस्यीय केन्द्रीय कार्यसमितिमा विभिन्न विचार/आस्था राख्ने व्यवसायिक पत्रकारहरु सम्मिलित छन् । प्रेस काउन्सिल नेपालका निवर्तमान का. बा. अध्यक्ष गोपाल बुढाथोकीसहित स्थापित पत्रकारहरु बलराम थापा, दिपेन्द्र रावल, नारायण शर्मा र धर्मेन्द्र कुमार कर्ण सल्लाहकार छन् ।
कार्यसमितिमा पत्रकारहरु अमृत भादगाउँले उपाध्यक्ष, धनञ्जय बुढा महासचिव, डिल्ली आचार्य सचिव र गोविन्द देवकोटा कोषाध्यक्ष रहेका छन् । त्यस्तै केन्द्रीय सदस्यहरुमा पत्रकारहरु केशव भुल केशरमणि कट्टवाल इश्वर अर्याल सरस्वती कर्माचार्य यदुप्रसाद पोखरेल दीपेश शाही ऋतु विचार धुव्र रिजाल दिया चन्द विष्णुबहादुर बस्नेत श्रीराम वाग्ले कौशिला कुँवर भुवन पौडेल उमेश रिमाल बिक्रम पण्डित रहेका छन् ।
सञ्चार क्षेत्रमा श्रमको मूल्य अझै सुरक्षित नरहेको ठहरसहित संघले पत्रकारिता पेशालाई सुरक्षित, मर्यादित र पेशालाई पारदर्शी बनाउन दबाव दिने र पत्रकारिता क्षेत्रका क्रियाशील सम्पूर्ण श्रमजीवीको पक्षमा आवाज बुलन्द गर्ने विशुद्ध साझा संस्था भएको विज्ञप्तिमार्फत स्पष्ट गरेको छ।
पत्रकारिता क्षेत्रमा काम गर्ने साना लगानीका स्वरोजगारमुखी सञ्चारकर्मीदेखि ठूला कर्पोरेट मिडियामा श्रम गर्नेहरुको हितमा काम गर्ने उद्देश्य खुलाउँदै सो विज्ञपतिमा भनिएको छ, “पत्रकारिता क्षेत्रमा सम्बद्ध जुनसुकै राजनीतिक दलमा आस्था राख्ने व्यक्ति यो संगठनमा अटाउन सक्छ । यसको कर्म भनेकै श्रमजीवीले कानूनी हक प्राप्त गर्ने हो ।”
श्रमजीवीको सुरक्षाका लागि आवश्यक कानुन निमार्णका लागि राज्यलाई दबाव दिनु र बनिसकेको कानुनी हक प्राप्तिमा खडा रहनु, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति र नागरिकका सार्वभौम अधिकारको रक्षाका लागि आवाज बुलुन्द गर्नु नै यस संस्थाको मूख्य उद्देश्य रहेको उल्लेख छ ।
पत्रकारिता क्षेत्रमा लागेका श्रमजीवीको हकहितको प्रवर्द्धनका लागि यसअघि यस्ता संस्थाको विद्यमानता रहे पनि त्यस्ता संस्थाबाट पीडित सबै श्रमजीवीलाई न्याय दिलाउन पहलकदमी नलिएकाले यस संस्थाको आबश्यकता खट्केको निष्कर्षसहित यस संघले कुनै पनि पीडित श्रमजीवीलाई न्यायका लागि लड्दालड्दै थाकेर मुद्धा छोड्नुपर्ने अबस्था आउन नदिने संकल्प लिएको बताईएको छ ।
अध्यक्ष जैसीका अनुसार समयमै न्याय दिलाउन, सबै श्रमजीवीले समयमै न्याय पाउने अबस्थाका लागि निरन्तर लागिरहने बाचा गर्दै राज्यबाट सबै सुविधा लिने तर श्रमजीवीलाई पारिश्रमिक नदिने कथित ठूला कर्पोरेट मिडियालाई तत्काल कानुनको दायरामा ल्याउन दबाब दिने काम पनि यस संस्थाले गर्नेछ ।
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !