
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
६पोखरा महानगर खेलकुद विकास समिति अध्यक्षमा दीपक गोदार नियुक्त
७प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
८अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
९प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
१०८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
११पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१२न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
पोखरा । समुदायमा आधारित नाफारहित जनप्रिय बहुमुखी क्याम्पसलाई कृषि विकास बैंक लिमिटेड गण्डकी प्रदेश कार्यालयले संस्थागत सामाजिक उत्तरदायित्व (सिआरएस) अन्तर्गतको शैक्षिक सामाग्री कम्प्युटर तथा प्रोजेक्टर बुधबार एक समारोहबिच हस्तान्तरण गरेको छ ।
प्रमुख आमन्त्रित व्यक्तित्व कृषि विकास बैंक लिमिटेड सञ्चालक समितिका सदस्य हरिप्रसाद पराजुलीले ‘क्याम्पसलाई हस्तान्तरण गरिएका सामाग्री थोरै जस्तो भए पनि महत्व धेरै छ । सानो जस्तो लागे पनि यसको सन्देश ठूलो छ ’ भने । पराजुलीले क्याम्पसलाई कर्जा सुविधा दिन तत्पर रहेको जनाउँदै घरआँगनको बैंकमा आर्थिक गतिविधि गर्न आग्रह पनि गरे । उनले श्रमबजारलाई चाहिने दक्ष जनशक्ति उत्पादनमा क्याम्पसले दिएको योगदानबाट बैंक वित्तीय क्षेत्र मात्रै होइन समुदाय नै लाभान्वित भएको बताए ।
बैंकका गण्डकी प्रदेश निर्देशक रघुनाथ अधिकारीले समुदायमा आधारित नाफारहित क्याम्पससँग जोडिन पाउनु बैंकको गौरव भएको उल्लेख गरे । २०४२ सालबाट कम्प्युटर प्रणालीबाट सेवा दिँदै आएको बैंकले शैक्षिक संस्थालाई प्रविधिमैत्री बनाउन शैक्षिक सामाग्री र कम्प्युटर उपकरण हस्तान्तरण गरिएको जनाए ।
बैंकका मुख्य शाखा प्रबन्धक माधव रिजालले वित्तीय कारोबार गर्ने बैंकले नाफाको १ प्रतिशत रकम सामाजिक क्षेत्रमा खर्च गर्नुपर्ने अनिवार्य प्रावधान अनुसार सामुदायिक क्याम्पस जनप्रियलाई रोजिएको बताए । रिजालले क्याम्पसका विविए, विविएस र एमविएस अध्ययन गर्ने विद्यार्थी बैंकमा इन्टर्नसीपका लागि आउने हुँदा आगामी दिनमा दुई संस्था विचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास गरे ।

स्वागत मन्तव्य राख्दै क्याम्पस प्रमुख विरञ्जी गौतमले बैंकले प्रदान गरेको शैक्षिक सामाग्री व्यवस्थापन सङ्कायमा अध्ययन गर्ने विद्यार्थीका लागि सहयोगी हुने बताए । क्याम्पसलाई प्राप्त कम्प्युटर र प्रोजेक्टरको परिमाण सानो आकारको भए पनि मन ठूलो रहेको तथ्यलाई स्मरण गर्दै सहयोगको सम्मान गर्ने बताए ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तारा गिरीले शैक्षिक संस्था र वित्तीय संस्थाबिच कार्यगत एकता हुनु सकारात्मक सन्देश हो, भावी दिनमा अझै हातेमाला गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाए ।
कोभिड–१९ को विश्वव्यापी महामारीका कारण भौतिक रूपमा कक्षा सञ्चालन नभए पनि क्याम्पसले अनलाइन मार्फत् भर्चुअल कक्षा सञ्चालन गरिरेहेको अवस्थामा बैंकद्वारा प्रदान गरिएका सामाग्रीले पठनपाठनमा सहयोग पुग्ने विश्वास उपप्रशासक एकनारायण अर्यालले जानकारी दिए ।
डेल कम्पनीको ब्राण्डेड दुईथान कम्प्युटर र इप्सनको प्रोजेक्टरसहित अन्य शैक्षिक समाग्री बैंक सञ्चालक समितिका सदस्य हरिप्रसाद पराजुली, प्रदेश निर्देशक रघुनाज अधिकारी, र शाखा प्रबन्धक माधव रिजालले क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तारा गिरी र क्याम्पस प्रमुख विरञ्जी गौतमलाई हस्तान्तरण गरेका थिए ।
वि.सं. २०२४ सालमा स्थापित बैंकले ५४ वर्ष पार गरिसकेको छ । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त कृषि विकास बैंकले मुलुकका सबै क्षेत्रमा शाखा विस्तार गरेर सेवा प्रवाह गरेको छ । नेपाल सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयरमा २ लाख ५० हजारभन्दा बढी शेयर सदस्य आवद्ध छन् । अत्याधुनिक प्रविधिसँग जोडिएको बैंकले कृषि क्षेत्रलाई मात्रै होइन वाणिज्य क्षेत्रलाई समेट्दै आफ्ना प्रडक्ट ग्राहकको पहुँचसम्म पु¥याएको छ ।
क्याम्पसको सभाहलमा कृषि विकास बैंक लिमिटेड गण्डकी प्रदेश कार्यालय पोखराद्वारा आयोजित सामाग्री हस्तान्तरण कार्यक्रमको सभापतित्व निर्देशक रघुनाथ अधिकारीले गरेका थिए भने सञ्चालन वरिष्ठ शाखा प्रमुख महेश पौडेलले गरेका थिए ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु