News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति स्वास्थ्य

रगत अभाव भएसँगै अखिल क्रान्तिकारीद्वारा रक्तदान

पोखरा । नेत्र विक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपा कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले आज रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

बढ्दो महामारीका बीच रगत अभाव नहोस् भन्ने हेतुले अखिल (क्रान्तिकारी) कास्कीले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आज रक्तदान कार्यक्रमको आयोजना गरेको अध्यक्ष पुरन पुनले जानकारी दिए । अध्यक्ष पुनका अनुसार रक्तदान कार्यक्रम सम्पूर्ण स्वास्थ्य मापदण्ड पुरा गरेर मात्र सञ्चालन गरिएको थियो ।

अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रकाश बास्तोलाको उपस्थिति रहेको उत्त रक्तदानमा अखिल क्रान्तिकारी कास्की जिल्ला अध्यक्ष पुरण पुन लगायत अखिल क्रान्तिकारीका नेता कार्यकर्ता, नेकपा केन्द्रीय सदस्य तथा तनहुँ जिल्ला इन्चार्ज पूर्णजीत पुन ‘उभार’, कास्की जिल्ला सेक्रेटरी गोकुल पराजुली ‘बिश्वास’ र जनपत्रकार संगठन नेपालका सदस्य रमाकान्त बास्तोला सहित २५ जनाले रक्तदान गरेका थिए ।