
१मेडिकल पसलबाट लागुऔषध कारोबार गर्ने अमिसा पक्राउ
२नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
३आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
७डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
८ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
९पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१०डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
११पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
१२विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
६‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
पोखरा । अबिरल परेको बर्षाका कारण गण्डकी प्रदेशमा सबैभन्दा बढि क्षति पुगेको मनाङ जिल्लामा राहत सामाग्री बोकेर आज मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितको टोली पुगेको छ । टोलीले केही थान त्रिपाल, खाद्यान्न र औषधीहरु सेनाको हेलिकोप्टरमार्फत् लगेको हो ।
टोलीमा मुख्यमन्त्री पोखरेलसहित मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे र सांसद चिन्ताबहादुर घलेसहित सञ्चारकर्मी रहेका छन् । राहत बितरण गरेर प्रभु एयरको हेलिकोप्टरमा आजै पोखरा फर्किने कार्यक्रम रहे पनि खराब मौसमका कारण आउन नसकेको सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए ।
राहत र उद्धारका लागि पुगेको मुख्यमन्त्रीसहितको टोलीले जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेलाई राहत सामाग्रीहरु हस्तान्तरण गरेका थिए । बाढी पीडितहरुसँग मुख्यमन्त्री पोखरेलले भेटघाट गर्दै प्रदेश सरकार जनताको उद्धार र राहत कार्यका लागि प्रतिवद्ध रहेको बताएका छन् ।
मनाङमा वाढी पीडितहरु केही नयाँ कारागार भवनमा, केही ओढार भन्ने ठाउँमा बसेका छन् । घरबाट खाली हात निस्किएका त्यहाँ गाउँलेहरुलाई खानेपानी र खाद्यान्नको समस्या देखिएको छ । कोरोना संक्रमणका बेलामा एकै ठाउँमा गाउँलेहरु बस्नु पर्दा अलि त्रसित पनि देखिएका छन् । त्यसैगरी मनाङको फु भन्ने ठाउँमा यार्सागुम्बा टिप्न गएका ७५ जना गाउँलेहरु यतिबेला लेकमा नै अलपत्र परेका छन् । हेलिकोप्टर जान पनि अफ्ठ्यारो ठाउँ भएकोले सेनाको टोली भोलि विहानैदेखि उद्धारका लागि खटिने भएको छ ।
सेनाको हेलिकोप्टरले त्यहाँका जनताहरुलाई उद्धार गर्ने र मुख्यमन्त्रीसहितको टोली प्रभु एयरको हेलिकोप्टरबाट फर्किने कार्यक्रम रहेको गण्डकी प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए । प्रवक्ता खड्काका अनुसार यतिबेला राहत वितरण गर्न पुगेको मुख्यमन्त्रीसहितको टोली मनाङको बगरछापमा सुरक्षित अवस्थामा रहेका छन् ।
अविरल परेको बर्षाका कारण मनाङमा ठुलो क्षति पुगेको छ । मनाङको नासो गाउँपालिका वडा नं. ३ धारापानीमा मस्र्याङ्दी नदीमा आएको बाढी कारण थोचे ताचे जाने पुल, प्रभु बैंक, कैलाश बैंक, नासो गाउँपालिकाको कार्यालय भवन, यथलैया होटल, सिमा प्रहरी चौकी, धारापानीको भवन बगाएको छ । अहिलेसम्म पनि तालगाउँ पुरै डुबानमा छ । त्यहाँ आफ्नो घरमा गाउँलेहरु जान सक्ने अवस्था अझै छैन ।
जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख जिल्ला अधिकारी लामिछानेका अनुसार धारापानी क्षेत्रमा २ वटा झोलुंगे पुलसमेत बगाएको छ । बाढीका कारण ताल गाउँका करिब ५०/६० घर डुबानमा परेका छन् भने सडक भत्किएर एक ठाउँबाट अर्को ठाउँमा जान सक्ने अवस्था पनि छैन ।
भौतिक क्षति ठुलो भएपनि मनाङमा तत्कालै उद्धार गरिएको हुँदा मानवीय क्षति हुन नपाएको प्रजिअ लामिछानेले जानकारी दिए । गाउँलेहरुलाई जिल्ला कारागारको नयाँ भवनमा सुरक्षित राखिएको छ । बाढीका कारण टेलिफोन सम्पर्क टुटेको छ भने पोलहरु ढल्दा मनाङ विद्युत विहिन अवस्थामा पुगेको छ ।