
१सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
२‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
३इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
४पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
५माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
६मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
७मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
८सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
९रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१०किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
९ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१०बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
११स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ विश्वासको मत पाउन असफल भएसँगै पदमुक्त भएका छन् । प्रदेश सभाको बैठकमा मुख्यमन्त्री गुरुङका पक्षमा सत्तापक्ष कैं २७ मत र विपक्षमा ३० मत प्राप्त भएको थियो । जसमा एक सांसद अनुपस्थित र अर्का एक तटस्थ रहेका छन् ।
प्रदेशसभाको सबभन्दा ठूलो दलको नेताका हैसियतमा २९ वैशाखमा मुख्मन्त्री नियुक्त भएका गुरुङले बिहीबार आज प्रदेशसभामा विश्वासको मत मागेका थिए । ६० सदस्यीय प्रदेश सभामा ५८ सांसदहरुको उपस्थिति रहेको थियो । मुख्यमन्त्री गुरुङका पक्षमा मतदान गर्ने भन्दै पार्टीमा विवादित बनेका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले उपस्थित भएर पनि तटस्थ रहे । युवा तथा खेलकुदमन्त्री रहेका राजीव गुरुङ(दीपक मनाङे) भने प्रदेशसभा बैठकमा नै अनुपस्थित रहे । अन्यत्र प्रदेशको जस्तो गण्डकीमा खनाल–नेपाल पक्षका सांसदले फ्लोर क्रस पनि गरेनन् । खनाल–नेपाल पक्षका इन्द्रलाल सापकोटाले विश्वासको पक्षमा नै मतदान गरेका थिए ।
विवादित जनमोर्चाका सांसद थापाले मुख्यमन्त्री गुरुङको पक्षमा मतदान गर्ने बताए पनि अन्तिम समयमा उनी तटस्थ बसे । किन मतदान गर्नुभएन त ? भन्ने जिज्ञासामा पार्टीले सत्ता पक्षलाई मतदान नगर्ने भन्यो त्यसैले गरिन भन्ने जवाफ दिएका छन् ।
कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २ र जनता समाजवादीका २ सांसदले मुख्यमन्त्री गुरुङको विपक्षमा मत दिएका थिए । ६० सदस्यीय प्रदेशसभामा सरकार बनाउनका लागि ३१ मतको आवश्यकता पर्दछ । विपक्षी गठबन्धनको तर्फबाट मुख्यमन्त्रीका दावेदार नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले बहुमतका साथ नयाँ सरकार गठन बताए ।
१६८ को उपधारा ३ अनुसार नियुक्त मुख्यमन्त्री गुरुङ पदमुक्त भएसँगै १६८ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनको बाटो खुलेको छ । अब प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्तिका लागि प्रदेशसभाको विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गर्न आह्वान गर्ने छिन् । विपक्षी गठबन्धनले नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीमा दावी गर्ने तयारी गरेको छ ।
यता, युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङले कित्ता परिवर्तन गरेसँगै अल्पमतमा परेका विपक्षी गठबन्धनको नयाँ सरकार गठनका लागि चाहिने ३१ मत पुग्ने निश्चित भएको छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन