
१भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
२१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
३पोखरा बसापर्क क्षेत्रमा २९९ परिवार सुकुम्वासी, २२० परिवारको अन्यत्र घरजग्गा
४पोखरामा शृंखलाबद्ध चोरी, ४ विदेशीसहित ९ जना विरुद्ध अनुसन्धान सुरु
५पर्वतमा ट्र्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु
६आफैँ ‘अन्याय’ को चपेटामा उच्च अदालत, तैपनि नागरिकलाई दिँदैछ द्रुत न्याय
७स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
८कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
९मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सरकारको तयारी
१०टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद र करोडौं जरिवाना
११सुन लुट्न आफ्नै साथीको हत्या, दुई जना पक्राउ
१२स्याङ्जामा पहिरोमा पुरिएर एकजनाको मृत्यु
१कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
२अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
३गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
४रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
५एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
६लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
७विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
८रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
९कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
१०गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
११पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
१२२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
पोखरा । गण्डकी प्रदेश सरकारले अक्सिजनको अभावमा ८ जनाको मृत्यु भएको घटनालाई अस्विकार गरेको छ । कोरोना संक्रमितहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले स्वीकार्दा समेत भौतिक तथा पूर्वाधार विकासमन्त्री एवम् गण्डकी प्रदेशका प्रवक्ता रामशरण बस्नेतले घटनालाई अस्विकार गरेका हुन् ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ८ जना कोरोना संक्रमितको अक्सिजन अभावका कारण मृत्यु भएपछि प्रदेशसभाको बजेट अधिवेशनको पहिलो दिन विपक्षी दलहरुले सरकारसँग यसको जवाफ मागेका थिए । तर सरकार प्रवक्ता बस्नेतले सरकारको रक्षा गर्दै अक्सिजनको अभावका कारण कसैको मृत्यु नभएको दावी गरे ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रदेशसभामा अनुपस्थित भएकाले प्रवक्ता बस्नेतले सदनमा विपक्षी दलको प्रश्नको उत्तर दिदैं भने, ‘अस्पतालमा अक्सिजन थियो, छ । त्यहाँ अहिले गएर हेरौं । मिथ्या बोलेर जनता सडकमा आए भने घटना घट्नसक्छ, त्यसको जिम्मेवार कसले लिने ?’
‘घटनाबारे छानबिन भइरहेको छ । संक्रमितको मृत्युको कारण अक्सिजन नभएको निष्कर्षमा हामीहरु पुगेका छौं,’ प्रवक्ता बस्नेतले विपक्षी दलहरुलाई जवाफ दिदैं भने–‘सबै सत्य कुरा बाहिर नआई सरकारले माफी माग्न आवश्यक छैन ।’
प्रदेशसभाको बजेट अधिवेशनको पहिलो दिन दलका नेताहरु बोल्ने कार्यसूची थियो । आफैं कोरोना संक्रमित हुँदा पनि तामझामका साथ उद्घाटन, शिलान्यास र निर्देशन दिदैं हिडेको भन्दै विपक्षीहरुले सदनमा आलोचना गरिरहँदा मुख्यमन्त्री गुरुङ प्रदेशसभामा उपस्थित भने थिएनन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले कोरोना महामारीमा केन्द्रित हुन मुख्यमन्त्री गुरुङलाई पटक-पटक आग्रह गर्दा पनि नसुनेको आरोप लगाए । अहिले आएर सरकारको कोभिड महामारीका तयारी कस्तो रहेछ प्रष्टै देखियो ।
‘प्रदेशका सबै अस्पतालमा अक्सिजनको कमी छैन, जिल्लाका सबै अस्पतालमा अक्सिजन पु¥याइसक्यौं भन्नुभएको थियो मुख्यमन्त्रीले,’ उनले भने,‘तर प्रदेशकै ठूलो अस्पतालमा अक्सिजनको अभावका कारण सुत्केरीसहित ८ जनाको निधन भएको छ । यो सामान्य घटना होइन । यसमा प्रदेश सरकारले सार्वजनिक रुप मैं माफी माग्नुपर्छ ।’
जनता समाजवादी पार्टीका संसदीय दलका नेता सांसद हरिशरण आचार्यले अस्पतालमा अक्सिजन प्लान्ट राख्नुको साटो स्वास्थ्यकर्मीहरुले नै अक्सिजन प्लान्ट खोलेर ‘माफियाकरण’ गरेको आरोप लगाए ।
राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी महामारीका बेलामा सरकार जनता जोगाउन होइन, अनावश्यक मन्त्रालय खडा गर्ने र सत्ता जोगाउन अनेकन् तिकडम गर्न तिर लागेको आरोप लगाईन् ।
१कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
२अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
३गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
४रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
५एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो