News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार स्वास्थ्य

७० लाख रुपैयाँमा लमजुङमा अक्सिजन प्लान्ट जडान

'अब भोलिबाट नै यस प्लान्टबाट अक्सिजन उत्पादन कार्य शुरु हुने'

लमजुङ जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिदैं । तस्विरहरु पत्रकार आस गुरुङको फेसबुकबाट साभार

लमजुङ । लमजुङ जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ । कोरोना संक्रमित विरामी बढ्दै गएपछि अक्सिजनको कमि नहोस् भन्ने हेतुले अस्पतालले आफ्नै अक्सिजन प्लान्ट निर्माण गरेको हो ।

‘यो स्वचालित मेसिन हो । यसले सिलिण्डरमा अक्सिजन २५ प्रतिशत भन्दा कम भएपछि आफैं खुल्ने र सिलिण्डर भरिएपछि आफै बन्द हुने गर्दछ ।’ अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले भने–‘अब भोलिबाट नै यस प्लान्टबाट अक्सिजन उत्पादन कार्य शुरु हुनेछ ।’

प्रदेश सरकारद्वारा स्वास्थ्य कार्यालय मार्फत् ७० लाख रुपैयाँ विनियोजन भई उक्त अक्सिजन प्लान्ट जडान गरिएको हो । यस अक्सिजन प्लान्टले २४ घण्टामा १५ वटा ठुला सिलिण्डर भर्न सक्दछ । एउटा सिलिण्डरमा एकसय ५० केजी अर्थात् ६ हजार लिटर अक्सिजन हुने गर्दछ । बजारमा उक्त एक सिलिण्डरको मूल्य सरकारी दररेट अनुसार २५ हजार रुपैयाँ पर्दछ ।

लमजुङ जिल्लामा पहिलोपल्ट अस्पतालले आफ्नै आँगनमा निर्माण गरेको यो अक्सिजन प्लान्टले यो कोभिड–१९ को महामारीमा धेरै विरामीहरुको जीवन जोगाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास अस्पतालका प्रमुख श्रेष्ठले व्यक्त गरेका छन् ।