News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

राष्ट्रपति र प्रधानमन्त्रीको पुत्लामा जुत्ताको माला !

'राष्ट्रपति र प्रधानमन्त्रीले संसद विघटन गर्दै चुनावको घोषणा गरेपछि पोखरामा विरोध'

पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको तस्विरसहितको पुत्ला बनाएर चप्पल र जुत्ताको माला लगाई सार्वजनिक ठाउँमा विरोध प्रर्दशन गरिएको छ ।

मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीले संसद विघटन गर्दै चुनावको घोषणा गरेपछि यतिबेला चौतर्फी रुपमा यसको विरोध भईरहेको छ । पोखरा वडा नं. ७ मा पर्ने पुष्पलाल स्मृति पार्कको मुख्य गेटमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला बनाई तस्विरसमेत राखेर यसरी विरोध प्रर्दशन गरिएको थियो ।