News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

‘राजनीतिक र कानुनी प्रतिवाद गर्ने’ : विपक्षी गठबन्धन

श्रृंखलाबद्ध संविधान मिच्दै प्रतिगामी कदम चालेको विपक्षी गठबन्धनको आरोप

काठमाडौँ । कोभिडले नागरिक मरिरहेका बेला प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले श्रृंखलाबद्ध संविधान मिच्दै प्रतिगामी कदम चालेको भन्दै विपक्षी गठबन्धनको आजको बैठकले राजनीतिक र कानूनी प्रतिवाद गर्ने निर्णय गरेको छ ।

आज संसद भवनको लोत्से हलमा बसेको पाँचदलको विपक्षी गठबन्धनको बैठकले कोभिड १९ महामारीमा प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको निर्णयविरुद्ध प्रतिवाद गर्न सामूहिक रुपमा आह्वान गरेको छ ।

संसद भवनको लोत्से हलमा बसेको कांग्रेस, माओवादी, एमाले माधव नेपाल समूह, जसपा र जनमोर्चाको संयुक्त बैठकले प्रतिनिधि सभा विघटनको राजनीतिक र कानुनी प्रतिवाद गर्ने निर्णय गरेको हो ।

बैठकपछि जारी गरिएको संयुक्त प्रेस वक्तव्यमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाकी सांसद दुर्गा पौडेलको संयुक्त हस्ताक्षर गर्दै राजनीतिक र कानुनी प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

डनन्यूज ट्रेन्डिङ