
१पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
२पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
३‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
६जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
७फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
८माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
९जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
१०उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
११मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१२सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
६पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
९मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
१२विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
काठमाडौं । नेपाल पत्रकार महासंघलेर संविधान बमोजिम वैकल्पिक सरकार बन्न सक्ने अवस्था विद्यमान रहँदा रहँदै मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गर्ने काम भएको ठहर गरेको छ ।
महासंघका तर्फबाट महासचिव रोसन पुरीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको निर्णयले संविधान र संसदको हुर्मत लिने र लोकतन्त्रलाई गम्भीर संकटमा पार्ने काम गरेको उल्लेख गरेका छन् ।
मध्यरातमा प्रधानमन्त्री खड्गप्रसाद ओलीले मन्त्रिपरिषद्को बैठक राख्दै प्रतिनिधिसभा विघटन र चुनाव गर्न राष्ट्रपति समक्ष सिफारिश गरेको थियो । मध्यरातमा नै सरकारको सिफारिसलाई सदर गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन र दुई चरणमा हुने गरी चुनावको घोषणा गरेकी थिईन् ।
विज्ञप्तिमा जनतालाई संविधान प्रतिकूलको चुनाव नभएर अहिले कोरोना महामारीबाट बच्च उपचार (खोप) चाहिएको उल्लेख गरिएको छ । जनताको उपचारका लागि अस्पतालहरूमा शय्या र अक्सिजनको खाँचो रहेको महासंघको भनाइ छ ।
यस्तो अवस्थामा जनताको उपचारमा ध्यान नदिएर सरकारले मध्यरातमा चुनावको सिफारिस गर्ने र सरकार बन्ने आधार हुँदाहुँदै राष्ट्रपतिले जालझेलपूर्ण कदम चाल्नु परिवर्तनकारी आन्दोलनले प्राप्त गरेको गणतन्त्रप्रति प्रहार भएको महासंघले ठहर गरेको छ ।
‘राष्ट्रपतिबाट पछिल्लो दुई दिनमा चालिएका कदम संविधान र संसदीय लोकतान्त्रिक मान्यताका विरुद्धमा छन् । संविधानको धारा ७६ (३) अनुसार नियुक्त भएका प्रधानमन्त्रीले संविधानको अनिवार्य शर्तअनुसार प्रतिनिधिसभाबाट ३० दिनभित्र विश्वासको मत लिनुपर्नेमा २०७८ जेठ ६ गते साँझ राष्ट्रपतिबाट धारा ७६ (५) अनुसार नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया थालिनुलाई नेपाल पत्रकार महासंघले यस अघि नै असंवैधानिक कदम भनेर विरोध गरिसकेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
महासंघले संविधानमाथि निर्मम प्रहार हुँदा यो प्रहार रोक्नका लागि संविधानको संरक्षक मानिने राष्ट्रिपति संस्थासँग आग्रह गर्नु आफ्नो दायित्व ठान्ने पनि उल्लेख छ । साथै, प्रेस तथा अभिव्यक्ति र नागरिक स्वतन्त्रताका पक्षधरहरु असंवैधानिक कदमका विपक्षमा दृढताकासाथ एक ठाउँमा उभिन र लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि सहकार्य गर्न सबैमा अपिल गरेको छ ।
