News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

‘यो संविधान विरोधी, प्रतिगामी तानाशाही कदम हो’: नेता खनाल

'एमाले सरकारले गरेको संसद विघटन र चुनावको घोषणा विरुद्ध एमाले कैं शीर्ष नेताहरु'

काठमाडौं । मध्यरातमा प्रधानमन्त्री र राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटन र चुनाव घोषणाको निर्णय प्रतिगामी तानाशाही कदम भएको भन्दै एमाले कैं शीर्ष नेताहरुले विरोध गरिरहेका छन् ।

एमालेका शीर्ष नेता झलनाथ खनालले शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यलाई असफल पारेर राष्ट्रिय स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने षडयन्त्र गरेको आक्षेप लगाएका छन् ।

संसद विघटन गरेर निर्वाचन घोषणा संविधान विरोधी, प्रतिगामी तानाशाही कदम भएको टिप्पणी गर्दै शीर्ष नेता खनालले अगाडि लेखेका छन्,–‘यस कदमको म घोर भत्र्सना गर्दछु । प्रतिवादका लागि सबै देशभक्त, संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरुलाई एकजुट हुन आह्वान गर्दछु ।’

प्रतिक्रिया