
१पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
२माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
३मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
४मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
५सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
६रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
७किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
८आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
९पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१०गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
११पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१०बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
११गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१२स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
“हरेकको घरपरिवार र जीवन त्रासमा रहेको बेलामा यी युवाहरुले जोखिम मोलेरै चालेको यो मानवीय सेवाको कदम उत्कृष्ट र प्रशंसनीय छ । सरकारले यो गरेन, त्यो भएन भन्नु भन्दा पनि जति सकिन्छ केही आर्थिक सहयोग उपलब्ध गराएर यो संकटको घडीमा जुट्नु तपाई हाम्रो पनि साझा कर्तव्य हो ।”
पोखरा । ‘लक डाउन’का कारण अत्यावश्यकका सेवा बाहेक अरु सबै बजार र पसलहरु बन्द छन् । कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएपछि प्रशासनले कडाईका साथ निषेधाज्ञा जारी गरेको छ । यस्तो अवस्थामा मानिसलाई रोग र भोक दुवै समस्याले पिरोलिरहेको छ ।
एकातिर कोरोना संक्रमणका कारण अकालमा धेरै मानिसले मृत्युवरण गर्नुपरेको छ भने आफन्तहरु शोकमा छन् । मानिस मानिससँग नै डराई रहेको अवस्था छ । घरबाट बाहिर मानिस निस्कने आँट गर्न सकिरहेको छैन । आफैंलाई जोगाउनै मुस्किल परिरहेको बेलामा केही युवाहरु भने अरुको सहयोगमा चूनौंती मोल्दै जुटिरहेका छन् ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड आइसोलेसन वार्डमा बाहिर बसेका कोभिड संक्रमितका कुरुवा तथा आफन्तहरु । तस्विर: रोजिना अधिकारी/डन न्यूज
प्रसङ्ग ‘तातो भात अभियान’को हो । लकडाउनका कारण पोखरा बजार पनि ठप्प छ । गाउँ–गाउँबाट मानिसहरु कोरोना संक्रमितको उपचारका लागि पोखराका विभिन्न अस्पतालहरुमा आईरहेका छन् । सरकारी हुन् वा निजी सबै अस्पतालहरु कोरोना संक्रमितका कारण भरिएका छन् ।
यस्तो अवस्थामा सरकारी अस्पतालहरुमा आफ्ना विरामी बोकेर आएका आफन्तहरुलाई केही राहत होस् भन्ने उद्देश्यले केही युवाहरुले अस्पतालमा नै पुगेर बिरामीका कुरुवालाई खाना खुवाउने अभियान शुरु गरेका छन् । जसलाई ती युवाहरुले ‘तातो भात अभियान’ नाम दिएका छन् ।

विवेकशील साझा पार्टी पोखरा महानगर समितीका संयोजक अजय श्रेष्ठको नेतृत्वमा युवाहरुले पहिलो चरणमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड आइसोलेसन वार्डमा भर्ना भएका संक्रमित, उनीहरुका कुरुवा र स्वास्थ्यकर्मीहरुलाई तातो खाना बोकेर सेवामा जुटिरहेका छन् ।
एकातिर टाढा–टाढा गाउँबाट ल्याईएका विरामीका आफन्त र कुरुवालाई लकडाउनका कारण सजिलै खाना खाने अवस्था छैन । अर्को तर्फ आर्थिक समस्याले पनि पिरोल्लिएकाहरुलाई यसले झन् ठुलो राहत दिने काम गरिरहेको छ । खान र बस्नको समस्यामा रुमल्लिएका धेरैलाई यो अभियानले राहत दिएको छ ।
पूर्ण सुरक्षित उपाय अपनाएर कोरोना संक्रमित, उनीहरुका कुरुवा र आईसोलेसन वार्डमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई दैनिक दुईसय छाक खाना खुवाउने तयारी भईरहेको विवेकशील साझा पार्टीका पोखरा महानगर संयोजक अजय श्रेष्ठले बताए ।

‘स्वस्फूर्त रुपमा रकम उठाएर हामीले यो अभियान १० दिनका लागि भनेर शुरु गरेका छौं ।,’ संयोजक श्रेष्ठले भने–‘सहयोगी मनहरु जुट्दै गए र यस अभियानको खाँचो अझै बढ्दै गयो भने लकडाउन अवधिभर यसलाई सञ्चालन गर्ने सोंचमा हामी छौं ।’
लेकसाइडको गडफाडर पिज्जेरियाको भान्सामा खाना तयार पार्ने र प्याकिङ गर्ने काममा १५ जना युवाहरुको टिम खटिई रहेको छ । यतिबेला मानिस मानिस देखि डराई रहेको बेलामा र अन्य जनप्रतिनिधिहरु समेत मौंन रहेको अवस्थामा विवेकशील साझा पाटी पोखरा महानगर समितिले उदाहरणीय कार्यको प्रारम्भ गरेको छ ।

त्यसैगरी, विवेकशील साझा पार्टी महानगर सहसंयोजक विपना कुँवरले सरकारी अस्पतालसँगै गण्डकी मेडिकल कलेजमा पनि यो अभियान सञ्चालन गर्ने योजना रहेको बताईन् । गाउँ–गाउँबाट आएका विरामीहरुका लागि हाम्रो आर्थिक स्रोतले भेटेसम्म र सहयोगी मन जुटेसम्म यो सेवालाई निरन्तरता दिने उनले बताईन् ।
हरेकको घरपरिवार र जीवन त्रासमा रहेको बेलामा यी युवाहरुले जोखिम मोलेरै चालेको यो मानवीय सेवाको कदम उत्कृष्ट र प्रशंसनीय छ । सरकारले यो गरेन, त्यो भएन भन्नु भन्दा पनि जति सकिन्छ केही आर्थिक सहयोग उपलब्ध गराएर यो संकटको घडीमा जुट्नु तपाई हाम्रो पनि साझा कर्तव्य हो ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो