
१किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
२लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
११पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
६२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
७छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
१०पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
“हरेकको घरपरिवार र जीवन त्रासमा रहेको बेलामा यी युवाहरुले जोखिम मोलेरै चालेको यो मानवीय सेवाको कदम उत्कृष्ट र प्रशंसनीय छ । सरकारले यो गरेन, त्यो भएन भन्नु भन्दा पनि जति सकिन्छ केही आर्थिक सहयोग उपलब्ध गराएर यो संकटको घडीमा जुट्नु तपाई हाम्रो पनि साझा कर्तव्य हो ।”
पोखरा । ‘लक डाउन’का कारण अत्यावश्यकका सेवा बाहेक अरु सबै बजार र पसलहरु बन्द छन् । कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएपछि प्रशासनले कडाईका साथ निषेधाज्ञा जारी गरेको छ । यस्तो अवस्थामा मानिसलाई रोग र भोक दुवै समस्याले पिरोलिरहेको छ ।
एकातिर कोरोना संक्रमणका कारण अकालमा धेरै मानिसले मृत्युवरण गर्नुपरेको छ भने आफन्तहरु शोकमा छन् । मानिस मानिससँग नै डराई रहेको अवस्था छ । घरबाट बाहिर मानिस निस्कने आँट गर्न सकिरहेको छैन । आफैंलाई जोगाउनै मुस्किल परिरहेको बेलामा केही युवाहरु भने अरुको सहयोगमा चूनौंती मोल्दै जुटिरहेका छन् ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड आइसोलेसन वार्डमा बाहिर बसेका कोभिड संक्रमितका कुरुवा तथा आफन्तहरु । तस्विर: रोजिना अधिकारी/डन न्यूज
प्रसङ्ग ‘तातो भात अभियान’को हो । लकडाउनका कारण पोखरा बजार पनि ठप्प छ । गाउँ–गाउँबाट मानिसहरु कोरोना संक्रमितको उपचारका लागि पोखराका विभिन्न अस्पतालहरुमा आईरहेका छन् । सरकारी हुन् वा निजी सबै अस्पतालहरु कोरोना संक्रमितका कारण भरिएका छन् ।
यस्तो अवस्थामा सरकारी अस्पतालहरुमा आफ्ना विरामी बोकेर आएका आफन्तहरुलाई केही राहत होस् भन्ने उद्देश्यले केही युवाहरुले अस्पतालमा नै पुगेर बिरामीका कुरुवालाई खाना खुवाउने अभियान शुरु गरेका छन् । जसलाई ती युवाहरुले ‘तातो भात अभियान’ नाम दिएका छन् ।

विवेकशील साझा पार्टी पोखरा महानगर समितीका संयोजक अजय श्रेष्ठको नेतृत्वमा युवाहरुले पहिलो चरणमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड आइसोलेसन वार्डमा भर्ना भएका संक्रमित, उनीहरुका कुरुवा र स्वास्थ्यकर्मीहरुलाई तातो खाना बोकेर सेवामा जुटिरहेका छन् ।
एकातिर टाढा–टाढा गाउँबाट ल्याईएका विरामीका आफन्त र कुरुवालाई लकडाउनका कारण सजिलै खाना खाने अवस्था छैन । अर्को तर्फ आर्थिक समस्याले पनि पिरोल्लिएकाहरुलाई यसले झन् ठुलो राहत दिने काम गरिरहेको छ । खान र बस्नको समस्यामा रुमल्लिएका धेरैलाई यो अभियानले राहत दिएको छ ।
पूर्ण सुरक्षित उपाय अपनाएर कोरोना संक्रमित, उनीहरुका कुरुवा र आईसोलेसन वार्डमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई दैनिक दुईसय छाक खाना खुवाउने तयारी भईरहेको विवेकशील साझा पार्टीका पोखरा महानगर संयोजक अजय श्रेष्ठले बताए ।

‘स्वस्फूर्त रुपमा रकम उठाएर हामीले यो अभियान १० दिनका लागि भनेर शुरु गरेका छौं ।,’ संयोजक श्रेष्ठले भने–‘सहयोगी मनहरु जुट्दै गए र यस अभियानको खाँचो अझै बढ्दै गयो भने लकडाउन अवधिभर यसलाई सञ्चालन गर्ने सोंचमा हामी छौं ।’
लेकसाइडको गडफाडर पिज्जेरियाको भान्सामा खाना तयार पार्ने र प्याकिङ गर्ने काममा १५ जना युवाहरुको टिम खटिई रहेको छ । यतिबेला मानिस मानिस देखि डराई रहेको बेलामा र अन्य जनप्रतिनिधिहरु समेत मौंन रहेको अवस्थामा विवेकशील साझा पाटी पोखरा महानगर समितिले उदाहरणीय कार्यको प्रारम्भ गरेको छ ।

त्यसैगरी, विवेकशील साझा पार्टी महानगर सहसंयोजक विपना कुँवरले सरकारी अस्पतालसँगै गण्डकी मेडिकल कलेजमा पनि यो अभियान सञ्चालन गर्ने योजना रहेको बताईन् । गाउँ–गाउँबाट आएका विरामीहरुका लागि हाम्रो आर्थिक स्रोतले भेटेसम्म र सहयोगी मन जुटेसम्म यो सेवालाई निरन्तरता दिने उनले बताईन् ।
हरेकको घरपरिवार र जीवन त्रासमा रहेको बेलामा यी युवाहरुले जोखिम मोलेरै चालेको यो मानवीय सेवाको कदम उत्कृष्ट र प्रशंसनीय छ । सरकारले यो गरेन, त्यो भएन भन्नु भन्दा पनि जति सकिन्छ केही आर्थिक सहयोग उपलब्ध गराएर यो संकटको घडीमा जुट्नु तपाई हाम्रो पनि साझा कर्तव्य हो ।
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर