News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

‘सरकारको असंवेदनशीलताका कारण धेरै जनता मर्दैछन्’

'इद उल फित्रको पवित्र पर्वले धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको छ'

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको असंवेदनशीलता र अकर्मन्यताका कारण कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढिरहेको आरोप लगाएका छन् । कांग्रेसका सभापति देउवाले भनेका छन्–‘सरकारको असंवदेनशीलता र अकर्मन्यताका कारण बढ्दो संक्रमणसँगै आइसियु बेड, भेन्टिलेटर र अक्सिजनको अभावमा मृत्यु हुनेको संख्या बढेको हो ।’

इस्लाम धर्मावलम्वीहरुको पर्व ‘ईद उल फित्र’का अवसरमा शुभकामना व्यक्त गर्दै यस्तो परिस्थितिमा नागरिक आफैं पनि सचेत हुन जरुरी रहेको बताएका छन् । कांग्रेस सभापति देउवाले भनेका छन्, ‘यस अवस्थामा कोरोनाको जोखिमलाई दृष्टिगत गर्दै नियमित रुपमा नमाज गरी राख्दा स्वास्थ्य सुरक्षाका मापदण्डलाई ख्याल गरी भौतिक दुरी कायम राख्दै पारस्परिक एकता, विश्वास र प्रेमका साथ ‘इद उल फित्र’ मनाउनु हुन म सबैलाई आग्रह गर्दछु ।’

कांग्रेस सभापति देउवाले व्यक्त गरेको शुभकामनामा इद उल फित्रको पवित्र पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको उल्लेख छ ।

प्रतिक्रिया