
१समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जा तिर्न कडा निर्देशन, नतिरे कालोसूचीदेखि कैदसम्मको कारबाही
२संघर्षको साटो सहयोग तथा सहजीकरण गर्न मेयरको अपिल
३‘विकल्पविहीन अवस्थामा नहट्ने’ अडान
४लिपुलेक विवादः नेपालद्वारा भारत र चीनलाई ६ बुँदे ‘कूटनीतिक नोट’, भारतले भन्यो-‘दाबी अस्वीकार्य’
५बालिकाको मुन्द्रा चोरी गर्ने अम्बिका पक्राउ, १८ वटा मुद्दामा फरार
६आफ्नै छोराले गरे ‘गलबन्दी’ले घाँटी थिची बाबुको हत्या
७अध्यादेशको दायरा बाहिर गभर्नर र सरकारी बैंकका उच्च पदाधिकारी : पद यथावत रहने
८राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी पदमुक्त, विशेष अध्यादेश जारी
९राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
१०फेवातालमा डुबेर १० वर्षीय बालकको मृत्यु
११सुकुको हत्यामा जन्मकैद भएका सञ्जय जेनजी आन्दोलनमा जेलबाट भागेर नवलपुरमा लिए जिउनरामको ज्यान
१२अध्यादेशले खोस्यो ठगहरूको राजनीतिक ‘सुरक्षा कवच’
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
६सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
७पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
८रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
९‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
१०अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
११सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा बाबु–छोरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२डेभिजफल क्लबको अध्यक्षमा दीपक सुवेदी सर्वसम्मत चयन
पोखरा । अनेकन् तिकडम र दाउपेचका बिचमा गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन् । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका दुई सांसदहरुले असहयोग गर्दा विपक्षी गठबन्धनको सरकार निर्माण हुन असफल भएको हो ।
जनमोर्चाका दुई सांसद कृष्ण थापा र खिमबिक्रम शाहीको असहयोगका कारण चार दलले मुख्यमन्त्रीमा पेश गरेको दावी नपुग्ने भन्दै प्रदेश प्रमुख सीता पौडेलले गुरुङलाई पुनः नियुक्त गरेकी हुन् । गुरुङ कोरोना संक्रमित भएर सरकारी निवासमा नै बसेपनि आज प्रदेश प्रमुख पौडेल समक्ष सपथ खाएका छन् ।
विपक्षी गठबन्धनको तर्फबाट कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको दावी भएपनि प्रदेशप्रमुख पौडेलले दावी नपुग्ने भन्दै सबैभन्दा ठूलो दलको नेताको रुपमा गुरुङलाई नियुक्त गरेकी हुन् ।
संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेशसभामा कुनै दलको एकल बहुमत नभएमा र दुई वा दुई भन्दा बढी दल मिलेर पनि बहुमत जुटाउन नसकेमा ठूलो दलको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था रहेको छ ।
प्रदेश सभामा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित गरी १२, जनता समाजवादीका २, जनमोर्चाका ३ र स्वतन्त्र १ सांसद रहेका छन् । जनमोर्चाका तीनजना सांसद मध्ये २ जनाले विज्ञप्ति जारी गर्दै असहयोग गरेपछि मुख्यमन्त्रीमा गुरुङ नियुक्त हुन पुगेका हुन् ।
वैशाख २६ गते मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि ३ दिनको समय तोकेकी थिईन् । सोही समय अनुसार आज विपक्षी गठबन्धनको बहुमत पुग्न नसकेको भन्दै पुनः गुरुङ मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
जनमोर्चाका दुई सांसदहरु मध्ये कृष्ण थापाले कांग्रेसलाई समर्थन नगर्ने जुन कारण देखाए पनि आर्थिक प्रलोभनमा परी असहयोग गरेको भन्ने आरोप लागेको छ । त्यसैगरी, यस अघि अविश्वासको मतदान गर्ने दिन गायव भएका अर्का सांसद शाहीले भने आफूले विपक्षी गठबन्धनको सरकारलाई समर्थन गरेको भन्दै विज्ञप्ति जारी गरेका छन् ।
यस अघि शाहीलाई फर्जी कोरोना पोजेटिभको रिपोर्ट तयार पारेर दिउँसो १२ बजे एकाएक गायब पारिएको थियो । पछि संसद नै अनिश्चितकालका लागि रोकिए पछि पोखराको नागढुङ्गास्थित एमालेका कार्यकर्ताले सञ्चालन गरेको चरक अस्पतालमा आईसियुमा भर्ना गरिएको भन्दै सांसद शाहीको टिठ लाग्दो तस्विर सार्वजनिक गरिएको थियो । सांसद शाहीलाई कसैलाई पनि भेट्न नदिईएको र अस्पतालमा कडा सुरक्षा व्यवस्था मिलाईएको थियो ।
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म