
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
११बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
पोखरा । राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशसभाका सदस्य कृष्ण थापाले पार्टीको ह्वीपलाई लत्याउँदै विपक्षी कांग्रेस, माओवादी र जसपा गठबन्धनको पक्षमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । सांसद थापाले हस्ताक्षर गर्न अस्वीकार गरेको जनमोर्चाका गण्डकी प्रदेश प्रमुख शंकर बरालले पुष्टि गरेका छन् ।
वैशाख २६ गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि ३ दिन भित्रमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सीता पौडेलले आह्वान गरेकी थिईन् । ६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि जनमोर्चाका तीन सांसदको पनि समर्थन चाहिन्छ ।
जनमोर्चाको केन्द्रीय समिति कांग्रेस, माओवादी र जसपा गठबन्धनको नयाँ सरकार गठनको पक्षमा छ । सोही अनुसार सचेतक पियारी थापाले बाँकी दुई सांसद थापा र शाहीलाई सो सहमतिमा हस्ताक्षर गर्न ह्वीप जारी नै गरेकी थिईन् । तर सांसद थापाले पार्टी कैं निर्देशन अस्विकार गरेका छन् ।
कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार गठनको प्रयासमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरुले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउने तयारी गरेका थिए । तर जनमोर्चाका सांसदहरुले हस्ताक्षर नगर्दा यतिबेला विपक्षीहरु अन्यौंलमा परेका छन् ।
गण्डकी प्रदेशको ६० सदस्यीय प्रदेश सभामा एमालेको २८, कांग्रेसका १५, माओवादीका १२, जसपाका २ र जनमोर्चाका ३ जना सांसद छन् । कांग्रेस, माओवादी, जसपा गठबन्धन र एमालेको समान २८/२८ संख्या पुगेको अवस्था छ । बहुमतका लागि निर्णायक मत जनमोर्चाको पोल्टामा रहेको छ ।
यदि जनमोर्चाका सांसदले समय सीमा भित्र विपक्षी गठबन्धनलाई सहयोग गरेनन् अल्पमतको सरकार बन्ने निश्चित छ । प्रदेशसभामा सबैभन्दा ठुलो दल एमाले भएका कारण संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ नै मुख्यमन्त्री बन्ने अवस्था बन्नेछ । मुख्यमन्त्री गुरुङले अल्पमतको सरकार बनाई रहँदा ३० दिन भित्रमा यसले पनि विश्वासको मत लिन सक्नुपर्नेछ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन