News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज समाचार

गोरु काटेको अभियोगमा ८४ वर्षका वृद्ध पक्राउ

'लामागाउँका वर्ष ८४ का बिरबहादुर र वर्ष ५० का गंगाबहादुर थुनामा'

पोखरा । गोरु काटेको अभियोगमा प्रहरीले ८४ वर्षका वृद्धसहित दुईजनालाई पक्राउ गरेको छ । पोखरा वडा नं. १८ लामागाउँ बस्ने वर्ष ८४ का बिरबहादुर तामाङ र सोही वडाको धारपानी बस्ने वर्ष ५० का गंगाबहादुर गुरुङलाई वडा प्रहरी कार्यालय बगर र जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले बुधबार पक्राउ गरेको हो ।

पोखरा वडा नं. १८ पिपलडालीस्थित लामागाउँमा गोरु काटेको भन्ने सूचनाको आधारमा प्रहरीले खोजी गर्दा गोरुको टाउको, मासु र मासु काट्न प्रयोग भएको हतियारसहित फेला पारेको थियो । पक्राउ परेका दुईजनालाई कास्की प्रहरीले पशुपंक्षी सम्बन्धी कसूर अन्तर्गत कास्की जिल्ला अदालतबाट आठ दिनको म्याद थप अनुसन्धान अगाडि बढाइएको छ ।

प्रतिक्रिया