News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार राजनीति

बालिकामाथि आगो लगाउनेलाई कारवाहीको माग

'घटना ढाकछोप गर्न खोजिएमा अखिल (क्रान्तिकारी)ले कडा संघर्ष गर्ने चेतावनी'

पोखरा । बाजुरामा एक बालिकामाथि पेट्रोल खन्याएर आगो लगाउने दोषीहरुलाई तत्काल पक्राउ गरी कारवाही गर्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) जिल्ला समिति कास्कीले माग गरेको छ ।

अखिल (क्रान्तिकारी)का उपाध्यक्ष कमला परियारले आज एक प्रेस विज्ञप्ति जारी गर्दै बैशाख २० गते बाजुरा जिल्ला त्रिवेणी नगरपालिका वडा नं. ९ मलाल गाउँमा विवाह हेर्न गएकी बालिका सभ्यता बुढामाथि सुमन गिरी लगायतका तीनजना युवाहरुले पेट्रोल खन्याएर आगो लगाई मार्न खोजेको उल्लेख छ ।

यो घटना निन्दनीय र अमानवीय अपराध भएको भन्दै अखिल (क्रान्तिकारी)का उपाध्यक्ष परियाले कुनै पनि बाहनामा यो घटना ढाकछोप गर्न खोजिएमा अखिल (क्रान्तिकारी)ले कडा संघर्ष गर्ने चेतावनी दिएकी छिन् । उपाध्यक्ष परियारले तत्कालै दोषीहरुलाई पक्राउ गरी कडा भन्दा कडा कारवाही गर्न माग गरेकी छिन् ।