News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

गण्डकी प्रदेश प्रमुख शेरचन हटाईए, पौडेल नियुक्त

'गण्डकी प्रदेश प्रमुखमा पौडेल र सुदूरपश्चिममा यादवलाई नियुक्त'

काठमाडौं । सरकारले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई हटाएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले शेरचन र त्रिपाठीलाई हटाएर गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई नियुक्तिको लागि सिफारिस गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज नै गण्डकी प्रदेश प्रमुखमा पौडेल र सुदूरपश्चिममा यादवलाई नियुक्त गरेकी छिन् । चितवन निवासी पौडल नेकपा एमालेका केन्द्रीय सदस्य, एमालेको महिला संगठन अखिल नेपाल महिला संघको महासचिव एवम् प्रधानमन्त्री कार्यालयका विज्ञ सल्लाहकार समेत हुन् । त्यसैगरी यादव पूर्वउपसभामुख समेत हुन् ।

शेरचन पदमुक्त भए लगत्तै गण्डकी प्रदेशले तेस्रो प्रदेश प्रमुख पाएको हो । यस अघि बाबुराम कुँवर, अमिक शेरचनले प्रदेश प्रमुखको भूमिकामा काम गरिसकेका छन् । सरकारले हटाएका दुवै प्रदेश प्रमुखहरु माओवादी निकटका हुन् ।

प्रतिक्रिया