News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज समाचार

श्रीमती र भाइहरु मिलेर शम्भुको हत्या

'मृतक शम्भु एक महिना अगाडिमात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए'

जनकपुरधाम । घरायसी विवादमा आफ्नै श्रीमती र भाइहरु मिलेर एक व्यक्तिको हत्या गरेका छन् । धनुषाको हंसपुर नगरपालिकामा वडा नम्बर ६ टिल्ही निवासी २५ वर्षीय शम्भु मण्डललाई उनकै श्रीमती र भाइ मिलेर धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन् ।

धनुषाका प्रहरी प्रबक्ता मकेन्द्र कुमार मिश्रका अनुसार मृतक शम्भु एक महिना अगाडिमात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए । शम्भुको हत्या गर्ने उनकी २३ वर्षीय श्रीमती सुशिलादेवी, भाइहरु अनिल र जय फरार रहेको प्रवक्ता मिश्रले बताए ।

शनिबार आज बिहान २ बजेर ३० मिनेटतिर शम्भुलाई लाठीसहित घरेलु हतियारले प्रहार गर्दा शम्भुको घट्नास्थलमै मृत्यु भएको थियो । मृतकको शवलाई पोष्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल राखिएको छ ।

डनन्यूज ट्रेन्डिङ