News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

थापा पुनः गृहमन्त्रीमा सपथ लिदैं

एमाले नेताको हैसियतमा गृहमन्त्रीमा नेता बादललाई पुनर्नियुक्तका लागि सिफारिस

काठमाडौं । नेता रामबहादुर थापा ‘बादल’ले पुनः गृहमन्त्रीको रुपमा शपथ लिदैंछन् । राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै पदमुक्त भएका नेता बादललाई प्रधानमन्त्री खड्गप्रसाद ओलीले एमाले नेताको हैसियतमा गृहमन्त्रीमा पुनर्नियुक्तका लागि सिफारिस गरेका हुन् ।

सांसद नभएका व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन सक्ने संवैधानिक व्यवस्था छ । यही व्यवस्था अनुसार नेता बादल पुनः गृहमन्त्री बन्ने भएका हुन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार नेता बादलले साँझ ५ बजे राष्ट्रपति भवनमा शपथग्रहण गर्नेछन् ।

२३ फागुनमा सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताउने निर्णय गरेपछि पूर्वमाओवादी नेता थापा एमाले प्रवेश गरेका थिए । थापाले राष्ट्रिय सभा सदस्य दल जितेको दल नेकपा माओवादी केन्द्रका राष्ट्रिय सभा संसदीय दलका नेता दिनानाथ शर्माले चैत १७ गते थापाले माओवादी त्याग गरेको पत्र संसद सचिवालयमा दर्ता गरेका थिए ।

माओवादीले लिखित पत्र पेश गरेपछि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३५ को उपदफा (२) तथा राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १८६ को उपनियम (२) बमोजिम राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले थापाको राष्ट्रिय सभा सदस्य पद रिक्त हुने निर्णय गरेका हुन् ।

उनी २०७४ सालमा नेकपा माओवादी केन्द्रबाट बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए । राष्ट्रियसभा सदस्य निर्वाचित भएका बादल एमालेमा लागेपछि उनको पद रिक्त गराउन माओवादीले लिखित पत्र दिएको थियो । सोही अनुसार आजै संसद सचिवालयले बादलको पद रिक्त भएको सूचना जारी गरेको थियो ।

एमाले प्रवेश गरेका रामबहादुर थापा ‘बादल’ को राष्ट्रिय सभा सदस्य पद खारेज भएको छ । योसँगै रिक्त भएको स्थानमा ३५ दिनभित्र उपचुनाव गर्नुपर्ने कानुनी व्यवस्था छ ।