News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

प्रचण्डले भने ‘जाली फटाहाबाट हेडक्वार्टर घेरिए जस्तो भयो’

'सोझासीधा, शहीद तथा घाइतेका परिवार ओझेलमा परे जस्तो, जाली फटाहाबाट हेडक्वार्टर घेरिए जस्तो भयो'

रुकुम । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जाली फटाहाबाट हेडक्वार्टर घेरिए जस्तो भएको स्वीकार गरेका छन् । रुकममा आयोजित सभालाई मंगलबार सम्बोधन गर्दै प्रचण्डले भने–‘गल्ती भयो । सोझासीधा, शहीद तथा घाइतेका परिवार ओझेलमा परे जस्तो, जाली फटाहाबाट हेडक्वार्टर घेरिए जस्तो भयो ।’

रुकुमेली जनताका सामु अध्यक्ष प्रचण्डले सम्बोधनका क्रममा आफूबाट गल्ती भएको भन्दै आत्मालोचना पनि गरेका छन् । दुःख कष्ट गरेका तथा नेतृत्वलाई बचाउने नेता कार्यकर्ता ओझेलमा परेको र जाली फटाहाहरुले महत्व पाएको प्रचण्डले स्वीकारेका हुन् ।

आफूले कहिल्यै देश र जनताको हितमा दायाँबायाँ नगरेको दावी गर्दै अध्यक्ष प्रचण्डले अब जनयुद्ध र जनआन्दोलनमा इमानदारी साथ लागेका नेता कार्यकर्तालाई अगाडि बढाउने प्रतिबद्धता समेत जनाएका छन् ।

डनन्यूज ट्रेन्डिङ