News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

प्रहरी र तस्करबीच गोली हानाहान

'भिडन्तमा परी तस्कर सिंह घाइते, बाँकी भारततिरै भागेको प्रहरीको भनाई'

धनगढी । प्रहरी र भारतीय लागूऔषधका तस्करबीच सोमबार साँझ गोली हानाहान भएको छ । कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा प्रहरी टोली र भारतीय तस्करबीच गोली हानाहान भएको हो ।

ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको गोप्य सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरी टोली र तस्करबीच एक्कासी जम्काभेट हुँदा गोली हानाहान भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक प्रेम शाहीले जानकारी दिए । प्रहरी नायब उपरीक्षक शाहीको नेतृत्वमा नै त्यहाँ प्रहरी टोली खटिएको थियो ।

भाला र पेस्तोलसहित आएका तस्कर समूहले एक राउण्ड गोली चलाए पछि प्रहरी तीन राउण्ड जवाफी फायर गर्नुपरेको प्रहरी निरीक्षक थापाले बताए । थापाका अनुसार भारत उत्तर प्रदेश, लखिमपुरखिरी जिल्ला तिकुनियाका बब्लु सिंहसहित ३ जना तस्करको समूहले प्रहरी टोलीमाथि हमला गरेको थियो । उक्त भिडन्तमा परी तस्कर सिंह घाइते भएको र बाँकी तस्करहरु भारततिरै भागेको प्रहरीको भनाई छ । प्रहरीले घटनास्थलबाट एक भाला र एक थान मोबाइल बरामद गरेको छ ।

प्रतिक्रिया