News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

आचार्यको नेतृत्वमा कास्कीमा एमालेको समानान्तर कमिटी

'नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले यो समानान्तर कमिटीको घोषणा गरेका हुन्'

पोखरा । नेपाल कम्युनिष्ट पार्टी एमाले भित्र बढ्दो विवादसँगै कास्कीमा खनाल–नेपाल समूहले छुट्टै समानान्तर जिल्ला कमिटी घोषणा गरेको छ । बिहीबार भएको अगुवा कार्यकर्ता भेलाले धनराज आचार्यको नेतृत्वमा ७५ सदस्यीय कमिटी घोषणा गरेको हो ।

कमिटीको सचिव रहेका होमबहादुर नेपालीका अनुसार छिट्टै अर्को भेला गरेर पूर्ण कमिटीको घोषणा गर्ने कार्यक्रम रहेको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले यो समानान्तर कमिटीको घोषणा गरेका हुन् ।

एमालेका अध्यक्ष एवं प्रधानमन्त्री खड्गप्रसाद ओलीले नेता नेपाललाई एमालेबाट ६ महिनाका लागि निलम्बित गरेका थिए । निलम्बित भए पनि एमाले भित्रै संघर्ष गर्ने बताएका वरिष्ठ नेता नेपाल अर्का नेता सुरेन्द्र पाण्डेसँगै पहिलोपटक पोखरामा आएर समानान्तर कमिटी घोषणा गर्दै ओलीको कारवाहीलाई ठाडै चूनौंती दिएका छन् ।

प्रतिक्रिया