
१रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
२प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
३रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
४रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
५नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
६प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
७सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
८‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
९कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
१०हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
११किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
१२लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
५छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
६पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
७पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
८किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
पोखरा । अहिलेको व्यवस्थामा विप्लव नै आए पनि समस्याको हल नहुने नेपाल कम्युनिष्ट पार्टी गण्डक ब्यूरोका इञ्चार्ज तथा जेल ब्रेकर उमा भूजेलले बताउनु भएको छ । ‘अहिलेको दलाल पूँजीवादी व्यवस्थाले जनता, किसान, मजदुर र देशको समस्याको हल हुँदैन,’ २१ औं जेलब्रेक दिवसको अवसरमा अखिल नेपाल महिला संघ क्रान्तिकारीले पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै इञ्चार्ज भूजलले भन्नुभयो–‘चुनावमा कांग्रेस, एमाले लगायतका पार्टीहरुलाई जिताएर मात्र समस्याको हल नहुने साथै विप्लव नै यो व्यवस्थामा गए पनि जनताको र देशको समस्याको हल हुँदैन ।’
सबै जनताको सपना लत्याउँदै दलाल पूँजीवादी व्यवस्थाले जनताको पारेको समस्या एक पछि अर्को दिनानु दिन बढ्दै जानुले यो राज्य व्यवस्थाले गरेका गतिविधि र समस्याको जड कुरा सबै जनताले बुझ्नुपर्ने भनाई गण्डक ब्यूरो इञ्चार्ज भूजेलको थियो ।
‘सत्ता नजिकका दलालहरु विकास निर्माणको नाउँमा भ्रष्टाचारमा लिप्त रहेको हुँदा अहिलेको व्यवस्था हुनेखानेको व्यवस्था हो’, इञ्चार्ज भूजेलले भन्नुभयो–‘किसान, मजदुर, दलित र सम्पूर्ण उत्पीडित बर्गले सरल जीवनयापन गर्ने व्यवस्थाको परिकल्पना अब हामीले साकार पार्नुपर्छ ।’
त्यस्तै इञ्चार्ज भूजेलले महिला, गरिब, किसान र मजदुरलाई अधिकार दिलाउने साथै विदेशीको हस्तक्षपको अन्त्य गर्दै हरेक नागरिकले आफ्नो भाग्य आफै बनाउने बाटोमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
‘देशको उत्पादन र अर्थ प्रणालीलाई कंगाल बनाउदै विदेशी सामान ल्याएर देशमा बेच्दै कमिसन खाने र विदेशीको गुलाम बनाउने काम पूँँजीवादी व्यवस्थाले गरेको छ’, इञ्चार्ज भूजेलले भन्नुभयो–‘यो व्यवस्थाले देशको अर्थतन्त्र लगायत सम्पूर्ण जनतालाई पनि आत्मनिर्भर हुन दिदैंन ।’
तत्कालिन जनयुद्दका क्रममा एतिहासिक गोर्खा जेलब्रेकका कमान्डर समेत रहनुभएका इञ्चार्ज भुजेलले आफ्नो अनुभुति, भावना र योगदान सहित जेलब्रेक गर्दै खुल्ला आकासमा आफ्ना प्रिय कमरेडहरुसँग हातेमालो गरेको अवस्था समेत चित्रण गर्नुभएको थियो । उहाँले देशमा जुन सपना बोकेर, उत्पीडित बर्गको मुक्ति, आफ्नो उद्देश्य सफल पार्नु र वैज्ञानिक समाजवादी ब्यवस्थाको कल्पना सहित सही विचार र सिद्धान्तको कारण आफुमा त्यो अठोट र साहस उत्पन्न भएको बताउनु भयो ।
एतिहासिक आन्दोलन र आन्दोलनका क्रममा बिभिन्न कोणबाट सहयोग गर्ने क्रममा जेल ब्रेकको पनि ठुलो भुमिका रहेको भन्दै भुजेलले आफ्ना सहकर्मीहरुलाई कृतज्ञता ब्यक्त गर्नुभएको थियो ।
उक्त कार्यक्रममा गोर्खा जेल ब्रेकर कमान्डर तथा इञ्चार्ज शिलु र सन्जु अर्याललाई सम्मान गरिएको थियो ।
यस्तै ममता सुर्खेतीद्वारा सन्चालन गरिएको कार्यक्रममा अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रीय अध्यक्ष बन्धु चन्द, अनेमसंघ केन्द्रीय सचिव उषा घर्ति साथै गण्डक ब्युरो अन्तर्गतका जिल्लाका जिल्ला इन्चार्ज, सेक्रेटरी र बिभिन्न जनवर्गीय संगठन मोर्चाका ब्युरो सदस्यहरु लगायतको आतिथ्यतामा सम्पन्न भएको कार्यक्रम अखिल नेपाल महिला संघ क्रान्तिकारी गण्डक संयोजक सोममाया विकको अध्यक्षता सम्पन्न भएको थियो ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
५छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै