
१भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
२१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
३पोखरा बसापर्क क्षेत्रमा २९९ परिवार सुकुम्वासी, २२० परिवारको अन्यत्र घरजग्गा
४पोखरामा शृंखलाबद्ध चोरी, ४ विदेशीसहित ९ जना विरुद्ध अनुसन्धान सुरु
५पर्वतमा ट्र्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु
६आफैँ ‘अन्याय’ को चपेटामा उच्च अदालत, तैपनि नागरिकलाई दिँदैछ द्रुत न्याय
७स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
८कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
९मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सरकारको तयारी
१०टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद र करोडौं जरिवाना
११सुन लुट्न आफ्नै साथीको हत्या, दुई जना पक्राउ
१२स्याङ्जामा पहिरोमा पुरिएर एकजनाको मृत्यु
१अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
३विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
४कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
५गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
६पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
७२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
८३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
९वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
१०पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
११गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
१२‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
पोखरा । अहिलेको व्यवस्थामा विप्लव नै आए पनि समस्याको हल नहुने नेपाल कम्युनिष्ट पार्टी गण्डक ब्यूरोका इञ्चार्ज तथा जेल ब्रेकर उमा भूजेलले बताउनु भएको छ । ‘अहिलेको दलाल पूँजीवादी व्यवस्थाले जनता, किसान, मजदुर र देशको समस्याको हल हुँदैन,’ २१ औं जेलब्रेक दिवसको अवसरमा अखिल नेपाल महिला संघ क्रान्तिकारीले पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै इञ्चार्ज भूजलले भन्नुभयो–‘चुनावमा कांग्रेस, एमाले लगायतका पार्टीहरुलाई जिताएर मात्र समस्याको हल नहुने साथै विप्लव नै यो व्यवस्थामा गए पनि जनताको र देशको समस्याको हल हुँदैन ।’
सबै जनताको सपना लत्याउँदै दलाल पूँजीवादी व्यवस्थाले जनताको पारेको समस्या एक पछि अर्को दिनानु दिन बढ्दै जानुले यो राज्य व्यवस्थाले गरेका गतिविधि र समस्याको जड कुरा सबै जनताले बुझ्नुपर्ने भनाई गण्डक ब्यूरो इञ्चार्ज भूजेलको थियो ।
‘सत्ता नजिकका दलालहरु विकास निर्माणको नाउँमा भ्रष्टाचारमा लिप्त रहेको हुँदा अहिलेको व्यवस्था हुनेखानेको व्यवस्था हो’, इञ्चार्ज भूजेलले भन्नुभयो–‘किसान, मजदुर, दलित र सम्पूर्ण उत्पीडित बर्गले सरल जीवनयापन गर्ने व्यवस्थाको परिकल्पना अब हामीले साकार पार्नुपर्छ ।’
त्यस्तै इञ्चार्ज भूजेलले महिला, गरिब, किसान र मजदुरलाई अधिकार दिलाउने साथै विदेशीको हस्तक्षपको अन्त्य गर्दै हरेक नागरिकले आफ्नो भाग्य आफै बनाउने बाटोमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
‘देशको उत्पादन र अर्थ प्रणालीलाई कंगाल बनाउदै विदेशी सामान ल्याएर देशमा बेच्दै कमिसन खाने र विदेशीको गुलाम बनाउने काम पूँँजीवादी व्यवस्थाले गरेको छ’, इञ्चार्ज भूजेलले भन्नुभयो–‘यो व्यवस्थाले देशको अर्थतन्त्र लगायत सम्पूर्ण जनतालाई पनि आत्मनिर्भर हुन दिदैंन ।’
तत्कालिन जनयुद्दका क्रममा एतिहासिक गोर्खा जेलब्रेकका कमान्डर समेत रहनुभएका इञ्चार्ज भुजेलले आफ्नो अनुभुति, भावना र योगदान सहित जेलब्रेक गर्दै खुल्ला आकासमा आफ्ना प्रिय कमरेडहरुसँग हातेमालो गरेको अवस्था समेत चित्रण गर्नुभएको थियो । उहाँले देशमा जुन सपना बोकेर, उत्पीडित बर्गको मुक्ति, आफ्नो उद्देश्य सफल पार्नु र वैज्ञानिक समाजवादी ब्यवस्थाको कल्पना सहित सही विचार र सिद्धान्तको कारण आफुमा त्यो अठोट र साहस उत्पन्न भएको बताउनु भयो ।
एतिहासिक आन्दोलन र आन्दोलनका क्रममा बिभिन्न कोणबाट सहयोग गर्ने क्रममा जेल ब्रेकको पनि ठुलो भुमिका रहेको भन्दै भुजेलले आफ्ना सहकर्मीहरुलाई कृतज्ञता ब्यक्त गर्नुभएको थियो ।
उक्त कार्यक्रममा गोर्खा जेल ब्रेकर कमान्डर तथा इञ्चार्ज शिलु र सन्जु अर्याललाई सम्मान गरिएको थियो ।
यस्तै ममता सुर्खेतीद्वारा सन्चालन गरिएको कार्यक्रममा अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रीय अध्यक्ष बन्धु चन्द, अनेमसंघ केन्द्रीय सचिव उषा घर्ति साथै गण्डक ब्युरो अन्तर्गतका जिल्लाका जिल्ला इन्चार्ज, सेक्रेटरी र बिभिन्न जनवर्गीय संगठन मोर्चाका ब्युरो सदस्यहरु लगायतको आतिथ्यतामा सम्पन्न भएको कार्यक्रम अखिल नेपाल महिला संघ क्रान्तिकारी गण्डक संयोजक सोममाया विकको अध्यक्षता सम्पन्न भएको थियो ।
१अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
३विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
४कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
५गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर