
१रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
४पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
५गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
९कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
६रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
७सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
८रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
९रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१०चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
काठमाडौं । भारतबाट हीरा ओसार्ने भरियाका रुपमा मुम्बई पु¥याएर कोठीमा दुई महिलालाई ३५ हजार रुपैयाँमा बेच्ने अभियुक्त २८ वर्षपछि पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय मानव बेचविखन अनुसन्धान ब्यूरो बबरमहल काठमाडौंबाट खटिएको टोलीले रामशरण पण्डित क्षेत्रीलाई पक्राउ गरेको हो ।
भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ८ जीतपुर बस्ने ६८ वर्षीय क्षेत्रीलाई प्रहरीले सोमबार (चैत ९ गते) लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको थियो । कामको सिलसिलामा काठमाडौंको बालाजु क्षेत्रमा आएका ती दुई महिलालाई क्षेत्रीले ट्याक्सीमा घुमाउन लैजाने भन्दै भारतको कोठीसम्म पु¥याएका थिए ।
विभिन्न व्यक्तिहरुसँग भेटघाट गराई भारतको महाराष्ट्रमा हीरा पाईन्छ, महिलाले लुकाई छिपाई नेपाल ल्याउँदा पक्राउ पर्दैन भनी भरियाका रुपमा केही आर्थिक प्रलोभनमा क्षेत्रीको समूहले ती महिलालाई फसाएका थिए । क्षेत्रीले बाटोमा लाग्ने सबै खर्च आफैँ व्यहोर्ने र हीरा सुरक्षित ल्याए वापत जनही ६ हजारका दरले ज्याला दिने आश्वासन ती महिलाहरुलाई दिएका थिए ।
निम्न आर्थिक अवस्था भएका दुई महिलाहरुलाई क्षेत्रीको गिरोहले २०४९ सालमा नै काठमाडौं कलंकीबाट वीरगंजको रक्सौल नाका हुँदै मुम्बई पुर्याइको प्रहरीको भनाई छ । क्षेत्रीले मुम्बई पु¥याएर ती महिलाहरुलाई कोठी संचालिकाहरुसँग भेट गराएका आफू एकैछिनमा फर्किने भन्दै त्यहाँबाट फरार भएका थिए ।
कोठीमा पु¥याईएका महिलाहरुले आफू बेचिएको ५ दिनपछि मात्र थाहा पाएका थिए । डर, त्रास, धम्की र यातना दिएर ती महिलाहरुलाई कोठी सञ्चालकले अनैतिक कृयाकलाप गर्न बाध्य पारेको जाहेरी पीडितहरुले दिएको प्रहरीले जानकारी दिएको छ ।
लामो समय पछी ती महिलाहरुलाई मुम्बई प्रहरीको सहयोगमा उद्दार भई नेपाल फर्किएका थिए । ती पीडित महिलाहरुले २०४९ साल भदौ १२ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा क्षेत्रीका विरुद्धमा जाहेरी दिएका थिए । चेलीबेटी बेचबिखन गर्ने अभियुक्त क्षेत्री पटक–पटक गरी साउदी अरबमा १२ वर्ष रोजगारीका लागि गएका र त्यसपछि नेपालका विभिन्न ठाउँहरुमा लुकिछिपी बस्दै आएको प्रहरीले जानकारी दिएको छ ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान